Websoft University

www.radiomakalu.com || 021-522512


प्रकाशमान भन्छन्- कांग्रेसको विश्वसनियतामा प्रश्न उठ्यो

बोली र व्यवहारमा एकरुपता ल्याउन नेताहरुलाई सुझाव
काठमाडौं,भदौ २० गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका नेताहरुको बोली र व्यवहार फरक-फरक भएकाले पार्टीको विश्वसनियता माथि प्रश्न उब्जिएको बताएका छन् । उनले भाषणबाजी गर्नुभन्दा नतिजामा देखिने गरी काम गर्न पार्टी नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरुलाई सुझावसमेत दिएका छन् ।

‘पार्टीमा कुरा एकाथरि, काम अर्कोथरि गर्ने बानी विकास भएकाले पार्टीको विश्वसनियतामाथि प्रश्नचिन्ह खडा भएको छ,’ नेपाल तरुण दल काठमाडौंको सोमबार चौथो जिल्ला अधिवेशन उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले भने, ‘बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्छ ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकार निर्माणमा कांग्रेसको भूमिका निर्णायक भएकाले सभापति शेरबहादुर देउवालाई परिणाममुखी काममा अग्रसरता लिन सिंहले सुझाव दिए । मधेस समस्याको समाधान, स्थानीय तहको सिमांकन र संविधान कार्यान्वयन लगायतका काममा राजनीतिक सहमति जुटाउनुपर्ने उनले बताए । अन्यथा निर्वाचनको वातावरण निर्माण हुन नसक्ने सिंहको भनाइ छ ।

कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँणले मुलुकको समस्या समाधानकालागि सरकार तयार रहेको बताए ।

अधिवेशनले सोमबार जिल्लाको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget