Websoft University

www.radiomakalu.com || 021-522512


गृहमन्त्री निधिसँग प्रहरी फेरि रिसायो

Image result for bimalendra nidhi

काठमाडौं ,असोज ९ गते  । गत वर्ष कैलालीको टीकापुरमा भएको आठ प्रहरी तथा एक बालकको नृशंस हत्याको मुद्दा सरकारले फिर्ता लिने हल्ला चलेसँगै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग रुष्ट भएका प्रहरीलाई धनुषाका एक कार्यकर्र्ता छुटाउन अनुचित दबाब दिएर निधिले थप रिस उठाएका छन् । 
भएछ के भने धनुषाका एक कांग्रेसी कार्यकर्ता रामचन्द्र रायले अंशसम्बन्धी झगडामा आफ्ना दाजु तथा एमालेका कार्यकर्ता इन्द्रकान्तलाई मरणासन्न हुनेगरी पिटेछन् । पिटाइ खाने दाजु अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आएपछि प्रहरीले भाइलाई पक्राउ गरेको रहेछ । 
रामचन्द्र राय पक्राउ पर्नेबित्तिकै गृहमन्त्रीले निजलाई तुरुन्तै रिहाइ गर्न आदेश दिएछन् । तर, पिटाइ खाने व्यक्तिको ज्यान तल–माथि हुनसक्ने अवस्था देखेर इलाका प्रहरी कार्यालय फूलगामाका प्रमुखले रिहाइ गर्न मानेनछन् ।
बिरामी अस्पतालमा भएका बेला पक्राउ परेका अभियुक्तलाई त्यसै नछाड्ने भन्दै रामचन्द्र रायलाई रिहाइ गर्न नमान्ने प्रहरी नायब निरीक्षक धर्मेन्द्र ठाकुरलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा गरेर तथा पक्राउ परेकालाई नछोड्न निर्देशन दिने धुनषा प्रहरी कार्यालयका उपरीक्षक रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेर पनि निधिले आफ्नो कार्यकर्ताको रिहाइ गराइसकेको बताइएको छ । यो घटनाले गर्दा प्रहरीको मनोबल गिरेको तथा राजनीतिक कार्यकर्तामा कानुन हातमा लिएर जेसुकै गर्न सकिन्छ भन्ने गलत भावना विकास भएको प्रहरीका उच्च अधिकृतले बताएका छन् ।  
प्रहरी संगठनमा गृहमन्त्री निधिको विषयमा एक प्रकारको शंकाको वातावरण व्याप्त भएको अवस्थामा पुनः प्रहरीको मनोबल गिर्ने काम गर्न प्रहरीलाई बाध्य बनाएका कारण प्रहरीका उच्च अधिकृतले समेत गृहमन्त्रीसँग संगठन सशंकित बनेको नाम नबताउने शर्तमा बाह्रखरीलाई बताएका छन् । 
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीको कुनै हवल्दारलाई सरुवा गर्न समेत गृहमन्त्रीले सिधै आफ्नो कार्यकर्ता हो भनेर फोन गर्ने गरेका कारण प्रहरी पहिल्यैदेखि असन्तुष्ट रहेको र अहिलेको घटनाले गर्दा गृहमन्त्रीप्रतिको विश्वासमा कमी आएको छ । 
टीकापुर घटनाको विषयलाई लिएर अत्यधिक विरोध भएपछि गृहमन्त्री निधिले आफूले प्रहरी संगठनलाई राजनीतिसँग नजोड्ने भनेर संगठनसँग सम्बन्ध सुधार्न खोजेका थिए । तर, अहिले धुनषामा प्रहरीले रिहाइ गर्न नमिल्ने एक अभियुक्तलाई रिहाई गन दबाब दिएका कारण सम्बन्ध फेरि बिग्रेको छ । 
प्रहरीका एक डीआईजीले बाह्रखरीसँग भने, “गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले कार्यकर्ता खुसी पार्न संगठनको संरचनालाई खलबल्याउनु हुँदैन । धनुषाको एसपी सरुवा गराएर गृहमन्त्रीले बदनामी कमाए ।” बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget