Websoft University

www.radiomakalu.com || 021-522512


एक वर्षमा बालुवाटारमा नेताहरुले खाए १ करोड ४० लाखको चियाखाजा



काठमाडौं –पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको १० महिने बालुवाटार बसाई र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १ महिना २० दिन लामो बालुवाटार बस्दा बसेका बैठकमा खाजा नास्ता शीर्षकमा मात्रै १ करोड ३९ लाख ६९ हजार, ३ सय ६१ रुपैयाँ खर्च भएको छ ।

बालुवाटार स्रोतले दिएको विवरण अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको १० महिने कार्यकालमा बालुवाटारमा भएको बैठकको चिया–नास्तामा मात्रै १ करोड ३४ लाख ४ हजार ८१ रुपैयाँ खर्च भएको पाइएको छ ।


२०७२ असोज २४ गते देखि २०७३ साउन १९ गतेसम्म ९ महिना प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको पालामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न मितिमा बसेको बैठकको खाजा शीर्षकमा उक्त रकम खर्च भएको हो ।

बालुवाटारमा विभिन्न मितिमा बुद्धरत्न खाद्यान्न सप्लायर्स प्रा.लि र अनमोल क्याटरिङ सर्भिस प्रा.लिले खाजा नास्ता सप्लाई गरेका थिए । उनीहरुले विभिन्न मितिमा रकम भूक्तानी लिएका छन् ।

यता ५० दिन अघिमात्र प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा पनि विभिन्न मितिमा भएको बैठकमा चिया–नास्तामा ५ लाख ६५ हजार २ सय ८० रुपैयाँ खर्च भएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार बैठकमा भएको चिया–नास्ताका लागि बिल पेस भएको मिति र भूक्तानी गरिएको रकमको विवरण यस्तो छः

असोज
२०७२ असोज २४ गते बुद्धनारायण सप्लायर्स १०, ४४, ३१८ रुपैयाँ
२०७२ असोज २७ गते बुद्धनारायण सप्लायर्स ४, ९५, ४७१ रुपैयाँ

कार्तिक

२०७२ कार्तिक ७ गते अनमोल क्याटरिङ् सर्भिस ३, ६२, ८९३ रुपैयाँ

मंसिर

२०७२ मंसिर ८ गते अनमोल क्याटरिङ् सर्भिस १२, ६१, १८९ रुपैयाँ
२०७२ मंसिर १३ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स ४, ७३, ९८१ रुपैयाँ
२०७२ मंसिर १५ गते अनमोल क्याटरिङ सर्भिस ६, ४६, ३६० रुपैयाँ
२०७२ मंसिर १६ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स २, ५१ ६२५ रुपैयाँ
२०७२ मंसिर २८ गते अनमोल क्याटरिङ सर्भिस ४, २९, ८३६ रुपैयाँ

पुष

२०७२ पुस २ गते अनमोल क्याटरिङ सर्भिस ४, १७, ९९० रुपैयाँ
२०७२ पुस २८ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स ३, २५, १९५ रुपैयाँ

माघ
२०७२ माघ ६ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स १, ९२, १५६ रुपैयाँ
२०७२ माघ ६ गते अनमोल क्याटरिङ सर्भिस ३, १७, ८९१ रुपैयाँ
२०७२ माघ १३गते अनमोल क्याटरिङ सर्भिस ७, ६२, ९७४ रुपैयाँ
२०७२ माघ १९गतेबुद्धनारायण खाद्यान्न सप्लायर्स ४, ९५, २२३ रुपैयाँ

फागुन
२०७२ फागुन १० गते बुद्धनारायण खाद्यान्न सप्लायर्स २, ३५, ७९४ रुपैयाँ
२०७२ फागुन १० गते अनमोल क्याटरिङ सर्भिस ७, २८, ७७० रुपैयाँ
२०७२ फागुन १८ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स ४, १५, ७८६ रुपैयाँ

चैत
२०७२ चैत १८ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स ४, ४०, ८५८ रुपैयाँ
२०७२ चैत २९ गते अनमोल क्याटरिङ सर्भिस ५, ११, ५२५ रुपैयाँ

बैशाख
२०७३ बैशाख १६ गते अनमोल क्याटरिङ सर्भिस ५, ५८, ०४४ रुपैयाँ

जेठ
२०७३ जेठ २१ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स ३, ८०, ९१४ रुपैयाँ

असार
२०७३ असार ७ गते अनमोल क्याटरिङ सर्भिस ४, ७१, ९५४ रुपैयाँ
२०७३ असार २७ गते अनमोल क्याटरिङ सर्भिस ४, ०३, १९७ रुपैयाँ

साउन
२०७३ साउन २० गते सोल्टी होटेल ७, २४, २४७ रुपैयाँ
२०७३ साउन २० गते बुद्धनारायण खाद्यान्न सप्लायर्स २, ५१, ०४८ रुपैयाँ
२०७३ साउन २० गते अनमोल क्याटरिङ सर्भिस ८, ०४, ८४२ रुपैयाँ

प्रचण्ड प्रधानमन्त्री भएपछि पनि रोकिएन खर्चको दर
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि गत साउन १९ गते नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भए । तर उनी प्रधानमन्त्री भएपछि पनि बालुवाटार बैठकको खाजा खर्च भने घटेको छैन । प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाट २ पटक खाजा नास्ताको खर्च भूक्तानी भएको प्रधानमन्त्री निवास कार्यालय स्रोतले दिएको विवरणले देखाएको छ ।

यो ५० दिनमा बालुवाटार बैठकको चिया–खाजामा मात्रै ५ लाख ६५ हजार २ सय ८० रुपैयाँ खर्च गरेको छ । वालुवाटार बैठकमा भएको चिया–नास्ताका लागि बिल पेस भएको मिति र भूक्तानी गरिएको रकमको विवरण यस्तो छ :

भदौं
२०७३ भदौ ६ गते अनमोल क्याटरिङ सर्भिस ४०, ११५ रुपैयाँ
२०७३ भदौं १६ गते बुद्धनारायण खाद्यान्न सप्लायर्स ५, २५, १६५ रुपैयाँ

५० दिनमा बालुवाटार बैठकमा साढेँ ५ लाख बढी रकम चिया–नास्तामा खर्च गरेको अहिलेको सरकारले अघिल्लो सरकारको पालामा भएको ग्राफ नाघ्छ वा नाघ्दैन, त्यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।-शम्भु दंगाल, रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget