Websoft University

www.radiomakalu.com || 021-522512


शान्तराज सुवेदीलाई उत्कृष्ट निजामति सेवा पुरस्कार




सरकारले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ।
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक समारोह गरी सचिव सुवेदीलाई सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सचिव सुवेदीलाई २ लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे। २०६८ सादलेखि प्रदान गर्न थालिएको यो पुरस्कार विगत दुई वर्ष कसैलाई पनि प्रदान गरिएको थिएन।
सरकारले तीन जना सहसचिव, पाँच जना उपसचिव र दुई जना अधिकृतलाई जनही १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती पुरस्कार प्रदान गरेको छ। पुरस्कार पाउनेमध्ये ९ जना काठमाडौंमा कार्यरत हुन् भने एक जना बझाङमा कार्यरत हुन्।
पुरस्कृत १० जनामा महिला परेका छैनन्। उत्कृष्ट निजामती पुरस्कार पाउनेमा सहन्यायाधीवक्ता किरण पौडेल, सडक विभागका महानिर्देशक देवेन्द्र कार्की र लोकसेवा आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदी, महालेखा नियन्त्रकको कार्यालयका उमहालेखा नियन्त्रक गजेन्द्रबहादुर श्रेष्ठ र महालेखा परीक्षकको कार्यालयका निर्देशक माधवप्रसाद लामिछाने छन्। यस्तै, गृह मन्त्रालयका उपसचिव प्रदिपराज कँडेल, कानून मन्त्रालयका उपसचिव हुमबहादुर केसी, अख्तियारका उपसचिव हरिबाबु पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत गोकुल बस्नेत र खानेपानी तथा सरसफाइ कार्यालय बझाङमा कार्यरत अधिकृत कृष्णबहादुर बोगटीले पनि उत्कृष्ट निजामती पुरस्कार पाएका छन्।
५० हजार रुपैयाँ राशीको निजामती पुरस्कार ११ जना उपसचिव, ९ जना अधिकृत, २ जना नायब सुब्बा, ४ जना खरदार र चार जना श्रेणीविहिन कर्मचारीलाई ३० जनालाई प्रदान गरिएको छ ।-सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget