Websoft University

www.radiomakalu.com || 021-522512


शिक्षाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित– मन्त्री पौडेल



रत्ननगर (चितवन), भदौ २५ गते । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।

दक्षिण चितवनको माडीका विभिन्न विद्यालयको भ्रमणका क्रममा रहनुभएका मन्त्री पौडेलले आज यहाँ आयोजित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

मन्त्री पौडेलले प्राविधिक शिक्षामा आफूले जोड दिएको उल्लेखगर्दै शिक्षा क्षेत्रमा नमुना काम गरेर देखाउने आफ्नो लक्ष्य रहेको छ भन्नुभयो ।

शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्ने प्रक्रियामा आफू लागिपरेको बताउँदै उहाँले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन शिक्षकलाई निर्देशन पनि दिनुभयो ।

मन्त्री पौडेलले आज बिहानैदेखि विभिन्न विधालयको भ्रमणमा हुनुहुन्छ । मन्त्री पौडेलले बिहान र्राष्टिय मावी खैरहनी, आफैँं पढेको माडी माध्यामिक विद्यालय तथा माडी क्याम्पसका शिक्षक प्राध्यापकसँग शिक्षाका क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा छलफल गर्नुभएको छ ।

शिक्षकले दरबन्दी लगायत शैक्षिक विकासका विषयमा जिज्ञासा राखेका थिए । सोही छलफलका क्रममा राजनीतिक प्रशंग कोट्याउँदै मन्त्री पौडेलले संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको तथा स्थानीय चुनाव पनि यही सरकारको पालामा गर्ने जिकिर गर्नुभयो ।

मन्त्री पौडेलले यसअघि प्रेस सेन्टर नेपाल चितवनद्वारा बुझाइएको ज्ञापनपत्र बुझ्दै चितवनमा मिडिया एकेडेमी बनाउने विषयमा आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget