Websoft University

www.radiomakalu.com || 021-522512


ब्राजिलकी पहिलो महिला राष्ट्रपति डिल्मा रोसेफ पदच्युत

dILMA

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको ब्राजिलकी पहिलो महिला राष्ट्रपति डिल्मा रोसेफलाई उनको पदबाट हटाइएको छ । आम बजेटमा अवैध गतिविधिको आरोपले घेरिएकी डिल्मा विरुद्ध सिनेटमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

रोसेफ ब्राजिलकी पहिलो महिला राष्ट्रपति थिइन् । उनीमाथि संघीय बजेटको आफ्नो प्रबन्धनमा बित्तिय कानूनलाई तोडेको आरोप थियो । यो सुनुवाईको अध्यक्षता गर्ने मुख्य न्याधिस रिकाडरे लेवांडोब्सकीका अनुसार ब्राजिलको संघीय गणतन्त्रकी राष्ट्रपति डिल्मा वाना रोसेफले वित्तिय कानूनलाई उल्लंघन गरेर अपराध गरेकी छिन् ।

उनलाई पदबाट हटाउनका लागि ८१ सिनेटरहरुले भोट गरेका थिए भने डिल्माको पक्षमा ६१ भोट परेको थियो ।

यद्यपी जब सिनेटमा डिल्मालाई आठ वर्षसँग चुनाव लड्न अयोग्य बनाउनु पर्छ भन्ने प्रस्ताव परेकोमा अधिकांस सिनेटरहरुले उनलाई साथ दिए । महाअभियोग लगाएर रोसेफलाई अपदस्थ गरिएता पनि उनले आउँदो चुनावमा पुनः राष्ट्रपतिको चुनाव लड्न सक्नेछिन् ।

मिसेल तेमेर ब्राजिलकी नयाँ राष्ट्रपति भएकी छिन् । उनले सन् २०१९ जनवरी १ तारिखसम्म रोसेफको कार्यभार सम्हाल्नेछिन् ।

ratopati
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget