Websoft University

www.radiomakalu.com || 021-522512


तरुण दलको महाधिवेशन–व्यवस्थापन समिति गठन



पोखरा, भदौ २७ गते  । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको आगामी असोज ३, ४ र ५ गते पोखरामा हुने चौथो राष्ट्रिय महाधिवेशन सफल बनाउन स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ ।

तरुण दल कास्कीको आज बसेको बैठकले जिल्ला अध्यक्ष मनोज गुरुङको संयोजकत्वमा विभिन्न १८ वटा स्थानीय व्यवस्थापन समिति गठन गरिएको हो ।

कास्कीका चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तरुण दल समिति, पोखरा र लेखनाथका नगर समिति तथा वडा र गाविस गरी ७९ वटा एकाइ समिति रहेका छन् ।

बैठकमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र तरुण दलका केन्द्रीय सदस्य ऋषिराम काफ्लेको उपस्थिति रहेको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget