Websoft University

www.radiomakalu.com || 021-522512


विकासका लागि शान्ति र स्थिरता आवश्यक: प्रधानमन्त्री दाहाल



काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुवै मुलुकले लाभ लिनुपर्ने बताउनुभएको छ ।

भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “विकासका लागि शान्ति र राजनीतिक स्थिरता आवश्यक छ ।”

प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रतिनिधिमण्डलबीच पञ्चेस्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० हुलाकी सडक, विद्युत् प्रसारण लाइन सम्झौता रेलवे सेवा, जलविद्युत् परियोजना सम्बन्धमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुवै मुलुकबीच हुने उच्चस्तरको राजनीतिक भ्रमणले सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमै भारतका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने अपेक्षा पनि गर्नुभयो ।

भारतको आर्थिक विकासबाट नेपालले प्रेरणा लिने बताउँदै उहाँले आर्थिक समृद्धिका लागि व्यापार र पारवहन सम्पर्क सञ्जाल आवश्यक रहेकामा जोड दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget