Websoft University

www.radiomakalu.com || 021-522512


इटहरी फेरि जलमग्न, हेर्नुस् ५ तस्बीर

इटहरी– बिहानदेखि निरन्तर परेको अबिरल बर्षाका कारण इटहरीका केही भागहरु जलमग्न भएका छन । टेग्रा खोलमा बढीको सतह बढेर इटहरीका केही भुभागमा छिरेपछि जलमग्न भएको हो । 

ith-bade-1

bade-ithh

खोला आसपासका केही पसल तथा घरहरुमा समेत बाढी पसेको छ । इटहरीको बिराटनगर लाईनमा रहेको एक पुलमा टेग्रा खोलमा आएको बाढीले कटानमा पारेको छ । बाढीले पुल छेउको भाग कटान गरेपछि इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अस्थाई बाँध बाधेको छ । पानी निरन्तर परिरहेकाले अझ कटान हुन सक्ने बताइएको छ । इटहरीको मुख्य सडकमा समेत पानी जमेको छ । सडकबाटै नै खोला कुदन थालेपछि अन्य क्षेत्रका घर तथा पसलमा पानी पसेको छ । यस्तै इटहरीको पचरुखीमा दुई घर स्थानीय खोलामा आएको बाढीले जोखिममा पारेको छ । दुई घरलाई तत्कालै प्रहरीको टोलीले खाली गराएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । इटहरी क्षेत्रमा बाढी पसेपछि संम्भाबित घटना हुन नदिन प्रहरीको टोली परिचालन गरिएको छ । यस अघि पनि पटक पटक डुबानमा पर्ने इटहरी केही समय यता टेग्रा खोलाको मुहान सेरा खोलामा तटबन्ध बनाइएपछि डुबान कम भएको थियो । अहिले लगातार पानी परिरहेको कारणले पनि खोलाहरुमा बाढी पसेर इटहरीका केही भुभाग जलमग्न भएको हो ।
ith-bade-4
ith-bade-2

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget