Websoft University

www.radiomakalu.com || 021-522512


चिन्ताबाट उम्किने तरिका




पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्व जानकारी पनि हुदैन । काम, कार्यलय वा घरकै काम गर्दागर्दै कुनै दःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन अशान्त हुन्छ ।

- चिन्ता बढेपछि १५ मिनेट जति बिस्तारै हिड्नुहोस् । आफै चिया बनाएर पिउनुहोस् वा नुहाउनुहोस् । जव तपार्इँ शारिरिक रुपमा शान्त हुनुहुन्छ अनि मात्र काम सुरु गर्नुहोस् ।

- त्रास र चिन्ता बढिरह्यो भने पनि मनमा अनावश्यक प्रतिक्रिया नजनाउनुहोस् । जहाँ बस्नुभएको छ, त्यही शान्त भएर श्वास प्रश्वास लिनुहोस् ।

हत्केलाालई पेटमाथि राख्नुहोस् र केही सकेन्ड बिस्तारै र गहिरो श्वास लिनुहोस् (एक मिनेटमा १२ पटक भन्दा बढी श्वास नलिनुहोस्) । आधा घन्टा यस्तै गर्नुभयो भने तपार्इँको चिन्ता भाग्छ ।

- खराब कुरालाई पनि स्वागत गर्नुहोस् । सबै कुरा तपार्इँले सोचे जस्तो हुँदैन । किनकी जीवनमा घट्ने घटनाहरु परिवर्तन भइरहन्छन् । कुनै पनि कुरा लामो समय सम्म टिक्दैन र सबै क्षणिक हुन भन्ने मनन गर्नुहोस् । हरेक कुरालाई सकरात्मक रुपमा लिनुहोस् । सकरात्मक सोचाइले मात्र पनि तपाईँका अधिकांश चिन्ता अन्त्य हुन्छन् ।

- हरेक कुरामा पूर्णता नखोज्नुहोस् । उदाहरणको लागि तपाईँ कुनै पेसामा मानौँ चिकित्सक हुनुहुन्छ । तपाईले ‘यदि म संसारमा सबैभन्दा राम्रो चिकित्सक भइनँ भने जीवनमा बर्बाद हुन्छु’ भन्ने सोच छ भने अहिल्यै त्याग्नुहोस् । यसको अर्थ यो होइन कि तपाईँले केही नगर्नुहोस् । परिश्रम गर्नुहोस् तर परिणामको धेरै आशा नगर्नुहोस् । बढी महत्वाकांक्षी नहुनुहोस् । जीवनलाई सरल रुपमा लिनुहोस् । जीवन दुःख र सुःखको समिश्रण भएकोले जीवनमा पूर्णता खोज्नु असम्भव छ । खराब समय आइरहन्छ । यसलाई पनि स्वागत गर्न सिक्नुहोस् ।

- चिन्ता बढेमा आँखा बन्द गर्नुहोस र सुरक्षित र शान्त ठाउँको कल्पना गर्नुहोस । समुन्द्रको किनारमा वा पाल्तु जनावरसँग खेलेको वा बाल्यकालको खुसीको क्षणको परिकल्पना गर्नुहोस् । अतितको खुसीमा रमाउन सिक्नुहोस् । अतितका रमाइला घटनाले पनि तपार्इँलाई शान्त र खुसी बनाउँछ ।

- आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस् । आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस । ‘सुःख बाँडे धेरै - दुःख बाँडे थोरै` भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस् । यदि यसबाट पनि सम्भव भएन स्वास्थ्यकर्मी वा मनोचिकत्सकहरुले आयोजना गरेको काउन्सिलिङमा सहभागी हुनुहोस् ।

- राम्रो निन्द्रा, भोजन तथा व्यायामले पनि चिन्तालाई निको पार्छ । निदाउने समयमा चिन्ताले सताएमा बल गरेर निदाउने प्रयास नगर्नुहोस् । बेडबाट उठेर मनतातो पानी खानुहोस् । कतिपय मानिस मस्त निदाउनकै लागि सुत्ने समयमा मदिरा वा त्यस्तै औषधी खाने गर्छन् । तर, यसले स्वास्थ्मा नकरात्मक असर पार्छ । चिकित्सकको सल्लाहअनुसार मात्र निद्रा लाग्ने औषधी खानुहोस् ।-स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget