Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयनमा सरकार अग्रसरः मन्त्री जोशी



भीमदत्तनगर, भदौ ३० गते । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सरकार संविधान कार्यान्वयनमा लागि परेको बताउनुभयो ।

नेकपा संयुक्तले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले संविधान कार्यान्वयनमा सबै क्षेत्र तह र तप्काबाट सहयोग पुग्ने धारणा राख्नुभयो । “सबै राजनीतिक दल र पक्ष मिलेर संविधान कार्यान्वयनतर्फ अग्रसर हनुपर्ने बेला आएको छ ।” उहाँले भन्नुभयो – ‘मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संविधान कार्यान्यवन हुनेछ ।”

मन्त्री जोशीले सरकारले छिमेकी मुलुक भारत र चीनमा विशेष दूतका रुपमा उपप्रधानमन्त्रीहरु पठाएर उच्च सम्बन्ध विस्तारमा जुटेको बताउनुभयो ।

त्यसैगरी संविधान कार्यान्वयनसँगै आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुने उहाँले दाबी गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget