Websoft University

www.radiomakalu.com || 021-522512


नेपालको शान्ति, स्थिरता र आर्थिक समृद्धि भारतको चाहना: मोदी



नयाँदिल्ली, भदौ २६ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तर्गत हातेमालो गर्न आफू तयार रहेको पनि उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानमा समेटिनु पर्ने आवाजलाई संवादको माध्यमबाट सम्बोधन गर्दै नेपालका राजनीतिक दलहरुले लोकतन्त्रको संस्थागत विकास गर्न सकोस् भन्ने चाहना पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो – “म विश्वस्त छु, नेपालका नेतृत्वले संविधानमा सबै पक्षको समावेशीताका लागि आवश्यक संवाद गरी कार्यान्वयन गर्नेछ ।”

प्रधानमन्त्री मोदीले मित्रताको इतिहासमा प्रधानमन्त्री दाहालको यस कार्यकालको पहिलो विदेश भ्रमण भारतमा भएकामा खुसी व्यक्त गर्नुभयो । दुई देशको खुल्ला सिमाना, समान संस्कृति र अन्तरसम्बन्ध तथा सरकार–सरकार र जनता–जनताबीचको सहकार्य र सहसंस्कृतिको मौलिक र ऐतिहासिक सम्बन्धको चर्चा गर्दै उहाँले नेपालको विकास आयोजनामा भारतको सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

आफूहरुको वार्तामा भूकम्पपछिको पुनःनिर्माणका लागि १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण र तराईको सडक विस्तार आयोजनाका लागि अतिरिक्त सहुलियत ऋणका बारेमा समझदारी भएको जनाकारी दिँदै उहाँले सबै प्रकारका ‘कनेक्टिभिटी’का लागि भारत आर्थिक सहायता दिन र सहकार्य गर्न तयार रहेको जनाउनुभयो ।

नेपालको जलविद्युत् विकास आयोजना, प्रसारण लाइन विस्तार, आयुर्वेदिक औषधिको उत्पादनजस्ता विषयमा पनि थप सहकार्य हुने उहाँको भनाइ थियो ।

भारतीय प्रधानमन्त्रीले सबै विकास परियोजनामा दुबै पक्षको नियमित अनुगमन र समयबद्ध कार्यान्वयनका विषयमा सहमति भएको पनि जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget