Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा परम्परागत पशुचिकित्साको अभ्यास

kedar karki
डा.केदार कार्की
पृष्ठभूमि :

पशुपन्छीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आयस्रोत उपलब्ध गराउने हुँदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध शिकार युगदेखि नै रहँदै आएको छ । पशुपन्छी मानवीय सांस्कृतिक सम्पदा तथा सभ्यताको महत्वपूर्ण अङ्ग पनि मानिन्छ । पशुपन्छीलाई स्वास्थ्य राख्न परम्परागत उपचार पद्धति शताब्दियौँदेखि प्रचलनमा प्रयोग हुँदै आएको तथ्य भेटिन्छ । पश्चिमा चिकित्सा प्रणालीको विकास हुनुभन्दा पहिले कृषकहरु यही परम्परागत पशुचिकित्सा अभ्यासमा थिए । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई हेर्ने हो भने विकाशिल देशका ८० पशुपन्छीमा देखिने रोगव्याधिको उपचार तथा नियन्त्रणका लागि मुख्यतया यिनै परम्परागत उपचार छन् । यी परम्परागत उपचार पद्धतिलाई इथनो भेटेनरी मेडिसिन भनिन्छ । यसलाई परम्परागत जनसमुदायको दक्षता, प्रविधि र अभ्यासका आधारमा पशुको हेरचाह गरिन्छ । यो पछिल्ला पुस्तामा हस्तान्तरण हुँदै जान्छ । म्याक कोरकलेले १९९५ मा परम्परागत चिकित्सा तथा पशुचिकित्सा प्रणालीलाई यसरी परिभाषित गरेका छन् ः एउटा परिपक्व अन्तर्सम्बन्धित स्थानीय ज्ञानसँग सम्बन्धित सीप, अभ्यास, विश्वास, प्रयोगकर्ता, सामाजिक संरचनामा आधारित स्वास्थ्य पशुपालन हो । यसबाट भोजन, श्रम तथा आयआर्जन गराउने पशुपन्छीलाई मध्यनजर राख्दै यसको प्रयोग पशुपन्छीको उत्पादन, विकास तथा जीवकोपार्जन प्रणालीमा जसको अन्तिम लक्ष्य मानव कल्याण तथा समृद्धि पशुपन्छी पालनबाट हुने गरिने कृयाकलापलाई मानिने छ । इ.स. १९८० बाट यस्ता पारम्परागत ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण हुन थालेको पाइन्छ ।
नेपालमा परम्परागत पशुचिकित्साको अभ्यास

पारम्परागत पशु चिकित्सामा प्रयोग हुने औषधिका स्रोतहरु
प्राकृतिक उत्पादन पारम्परागत चिकित्सामा प्रयोग गरिन्छन् । तिनहरु औषधिजन्य जडीबुटी, बिरुवा र तिनका उत्पादन, खानु हुने माटो, मुल्तानी माटो, खरी, चुनढुङ्गा, खनिज तथा जनावरका अङ्ग आदि प्रमुख हुन् । बोटविरुवाहरुमा औषधिजन्य जडीबुटीका सबै भागहरु, पात, बोक्रा, फलफूल, बियाँहरु औषधि बनाउन प्रयोग गरिन्छ । बोटबिरुवाहरु प्रायजसो परम्परागत पशुचिकित्सा अभ्यासमा औषधि बनाउन प्रयोग गरिने घटकमा पर्दछन् ।
खानयोग्य माटो तथा खनिजहरु
खानयोग्य माटो खास गरी धमिरा कमिलाको गुँडको माटो परम्परागत पशु चिकित्सा अभ्यासमा प्रयोग गरिन्छ । निबिषीकारण तथा विषाक्ति बाँधेर बाहिर साधारणतया चुन ढुङ्गाा प्रयोग गरिन्छ ।
जनावरको शरीरको भाग तथा पशुजन्य उत्पादनहरु
हाड, छाला, दुध, नौनी, पिसाब, गोबर सामान्यतया परम्परागत पशु चिकित्सा अभ्यासमा औषधिको रुपमा प्रयोग गरी पशुका शरीरको भाग तथा पशुजन्य उत्पादन मानिन्छ ।
अन्य औषधिजन्य सामग्रीहरु
खाने वनस्पतिजन्य तेल, मह तथा नुन यिनमा रोग निको पार्ने तथा स्वास्थ्य संरक्षण गर्ने क्षमता भएका कारण परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोग गरिन्छ ।
परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोगका लागि औषधि बनाउने विधिहरु ः
धुलो, पाउडर, बोक्रा, जरा, पातहरु व सम्पूर्ण बोट सुकाएर पिनिन्छ अनि धुलो पाउडर बनाइन्छ । यसलाई आवश्यक परेमा चालेर मसिनो खुवाउन सकिनछ वा नुनमा मिसाएर खान दिइन्छ । यि चुर्नलाई निबिषीकरण गर्न वा ज्वरो कम गर्न प्रयोग गर्न सकिन्छ ।
लेप (पौलटिस) : औषधिजन्य धुलो चूर्णलाई तातो पानी मिसाएर लेदो वा लेप जस्तो बनाएर प्रभावित भागमा प्रयोग गर्न सकिन्छ । यी औषधीको लागि बनाइको सामाग्री भागमा सुन्निएको ठाँउमा दरफराएको कोतरेको तथा चराएको ठाँउमा सन्चो गराउन प्रयोग गराउन सकिन्छ, यस बाहेक पिलो घाउ पकाउन पिप निकाल्न, छालामा अडकेको विषालु पदार्थ केही चिज गडेको निकाल्न प्रयोग गर्न सकिन्छ ।
मल्हम तथा क्रिम : बोट विरुवाको मसिनो धुलो चूर्णलाई नौनी वा खाने तेलमा मिसाएर मल्हम तथा क्रिम बनाउने गरिन्छ । यी मल्हमहरु दरफराएको मर्केको भागमा दलेर लगाइन्छ ।
डिकोकसन : चिया बनाउने
बोट विरुवाबाट प्राप्त सामग्रीहरु ससाना टुक्रा पारी पानीमा मिसाएर १५÷३० मिनेटसम्म उमालेर औषधि बनाइन्छ । यसरी औषधि बनाउँदा माटो वा स्टिलको भाडा प्रयोग गरिनु पर्दछ, आल्मुनियमको भाडा प्रयोग गरिनु हुन्न ।
खुवाउने झोल बनाउने : बोट विरुवाका मसिनो पारी काटिएका भाग राखिएको भाडामा उम्लिएको तातोपानी राखेर १० देखि २० मिनेट छोपेर राख्ने जबसम्म बोट बिरुवामा भएका औषधिजन्य तत्वहरु पानीमा सङ्ग्रहित हुन सकोस् । पानीलाई छानेर औषधि सङ्ग्रहित पानी छुट्याउने गरिन्छ । यसरी तयार गरिएको औषधियुक्त पानी तातो वा चिसो अवस्थामा खुवाउन सकिन्छ ।
चिसो पानीमा औषधि तत्व सङ्ग्रहित गर्ने
बोटबिरुवामा पाइने केही औषधिजन्य कृयाशील अवयवहरु उमाल्दा तताउँदा पकाउँदा विग्रहित भएर जाने गर्दछन् । त्यसैले औषधिजन्य बोटबिरुवाको भागलाई ससाना टुक्रालाई चिसो पानीमा रातभरी भिजाएर राख्ने पानीमा सङ्ग्रहित हुन पुगेको औषधि पानी छानेर प्रयोग गर्ने । यसरी बनाइने औषधि जहिले पनि ताजा बनाएर प्रयोग गर्नुपर्ने हुन्छ ।

टिँचर
७०–८० प्रतिशत पानी २०–३० प्रतिशत अल्कोहल र बोटबिरुवाबाट प्राप्त हुने औषधिजन्य तत्व मिसाएर टिँचर बनाइन्छ । बोटबिरुवाबाट प्राप्त सामग्री पानीको झोलमा एकदेखि धेरै दिन राखी औषधिजन्य तत्व सङ्ग्रहित गरिन्छ । यसरी तयार पारेको टिँचरलाई छानेर शरीरभित्र या शरीरबाहिर प्रयोग गर्न सकिन्छ ।
धुवाँ लगाउने : सुकेको वा भिजेको बोटबिरुवाको भाग दनदनी बलेको आगोमा हाली डढाइन्छ । यसबाट निस्कने धुवा जनावरको शरीरको सम्र्पकमा आउँछ जुन जनावरको बाह्य परजीवी विरुद्ध प्रभावकारी मानिन्छ ।

इथनो भेटेनरी उपचारमा प्राय अभ्यास गरिन्छ ः

कोलाई ब्यासिलोसिस सेप्टिसेमकी कोलाई ब्यासिलोसिस
अदुवाको धुलो चुर्ण ५० ग्राम मेथीको दाना २५ ग्राम नुन आवश्यकता अनुसार सबै मिसाएर मसिनो खान दिने वा पाइप बोतलको सहयोगले ४ देखि ६ घण्टाको फरक पारी २ वा ३ पटक खुवाउने ।

साल अड्केको अवस्थामा
सातवटा भान्टाको फूल, एक टुक्रा (एलानजिउम सालभीफोलीय) अकोला, अम्फीको जरा सातवटा धानको गेडा थोरै पानी मिसाएर पिँध्ने यसरी तयार भएको लेदो खान दिने । उपरोक्त सामग्री एउटा टालोमा बाँधेर गाईभैंसीको दाम्लोमा झुन्डयाउदा पनि साल झर्छ भन्ने जनविश्वास छ । पाँचदेखि दस ग्राम (एचिरान्थेसास्पोरा) दत्तिवनको जरा आधा गिलास पानीमा उमालेर आधा बनाउने र खान दिने । अध्कल्चो पाकेको भात मन तातो पानीमा खान दिने । १० ग्राम (एनेथुमगर एमेबोलेन्स) सुपको जरा तथा सुकेको अदुवा १ कप पानीमा उमाल्ने अनि चिसो छान्ने । यसरी तयार भएको औषधि पानी ४०–५० ग्राम खुदोमा मिसाएर खान दिने (सिसस कवान्ड्रागुलारिस) जँगली अँगुरको सिङ्गो बोटलाई पिँधेर मन्जन जस्तो लेदो बनाउने र खान दिने यसले साल खस्न खसाल्न सहज गर्दछ । (ट्राइबुलस टेरेस्ट्रिस) गोखुरको दानाको मन्जन जस्तो लेदो खान दिँदा साल चाँडै तथा सजिलै झर्छ ।
काँध लाग्ने, सुन्निनेमा
निमको पात पानीमा उमालेर प्रभावित भागमा दलेर पानीले सेक्ने । सालको रेसिन, खोटोको पाउडर, क्याम्फर पाउडर ताजा नरिवलको तेलमा मिसाएर मल्हम बनाई प्रभावित भागको बाहिर पट्टि लगाउने । सुपारीको चूर्ण सङ्ग्रहित निमको पात, (बरलेरिया प्रियोनाइटस) सोमोलताको सङ्ग्रहित पात प्रभावित भागमा लगाउने । बेसारको धुलो दल्ने । (स्क्रिपस ग्रोसुस) कसेरू तथा (ऐलियम साटियम) लसुनको पात डाठबाट सङ्ग्रहित औषधि तत्व मिसाएर दल्ने । (साइजियम जम्बोलानम) गुलाव कालो जामुनको जरा र बोक्रा थोरै पानीमा मिसाएर मल्हम जस्तो लेदो बनाएर प्रभावित भागमा दलेर लगाउने । (लुफा एकुटान्गुला) घिरौँलाको पातको मन्जन जस्तो लेदो बनाई प्रभावित घाटीको भागमा लगाउने ।

परम्परागत पशुचिकित्साजन्य औषधिका फाइदा
सजिलै उपलब्ध, सजिलै बनाउन सकिने, प्रयोग गर्न सकिने, सस्तो, किफायति मूल्य, सित्तैंमा उपलब्ध, आफनै संस्कृति परम्पराको एउटा अंश, आधुनिक औषधिहरु जस्तो औषधि प्रतिरोधक क्षमता विकास हुने डर नहुने, पशुपन्छीबाट उत्पादित खाद्य पदार्थमा औषधिजन्य अवशेषको परिलो नहुने । एन्टिबायोटिक जस्ता औषधिको दुरुपयोग नियन्त्रण गर्न सहयोगी भूमिका खेल्ने ।
परम्परागत पशुचिकित्सा अभ्यासका सीमितता
केही अभ्यासहरु अप्रभावकारी केही नोक्सान देह जडीबुटीजन्य औषधिहरुको गुणस्तर कायम राख्न गाह्रो तथा झन्झटिलो । सही रोग निदान हुन नसक्ने जोखिम अपूर्ण मात्राको प्रयोग हुने जोखिम, लिखित अभिलेखको अभाव, न्यून स्वस्थ्य गुणस्तर ।
निश्कर्ष
इथनो– भेटेनरी औषधि विज्ञानलाई आजको युगमा एउटा वैकल्पिक पर्यावरणमैत्री सुरक्षित आर्थिक रुपमा सबल पशुको स्वास्थ्यमा हुने गडबडी रोक्ने औषधिका रुपमा मानिन थालिएको छ । यति हुँदाहुँदै पनि उचित अभिलेखीकरणको अभाव आधुनिक चिकित्सा अभ्यास कर्मीको यसप्रति उदाशीनताले यसको विकासमा अवरोध पुर्याउने गरेको छ । परम्परागत ज्ञान, सीप, प्रविधिको वैज्ञानिक अभिलेखीकरण गुणस्तरको विकास तथा मान्यता दिनु अत्यन्त आवश्यक देखिन्छ । साथै हामी कहाँ उपलब्ध औषधिजन्य जडीबुटीको अभिलेख, तिनबाट प्राप्त गर्न सकिने औषधि तिनको व्यावहारिक प्रयोगबारे सरोकारवालामा सचेतना एवं आवश्यक अध्ययन अनुसन्धानतर्फ हाम्रो ध्यान जान जरुरी देखिन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget