Websoft University

www.radiomakalu.com || 021-522512


युरोपेली सङघ सङ्कटमा छ : मर्केल


ब्राटिस्लाभा (स्लोभाकिया), भदौ ३१ गते । जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताउनुभएको छ ।

युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी मर्केलले शुक्रवार यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

“हामी सङ्कटपूर्ण अवस्थामा छौँ, हामीले यसलाई चाँडै नै राम्रो अवस्थामा पुराउने छौँ भन्ने कुरा व्यवहारमा देखाउन आवश्यक छ,” उहाँले संवाददातालाई भन्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, “आन्तरिक तथा अन्तर्राष्ट्रिय सुरक्षा, आतङ्ककारी विरुद्धको लडाइ र सैन्य क्षेत्रको सहकार्यका लागि सङ्घको काम गर्ने निकायलाई सुधार गर्नुपर्दछ ।” मर्केलले उत्पादन र रोजगारीका विषयमा राम्रो गर्नुपर्ने पनि बताउनुभएको छ ।

बेलायत बाहिर्गमनपछि सङ्घको नयाँ कार्ययोजना बनाउन बेलायतवाहेक सङ्घका २७ नेताको बैठक ब्राटिस्लाभामा हँुदैछ ।

यसअघि युरोपियन आयोगका प्रमुख जिन क्लाउड जङ्करले एक आह्वान विज्ञप्ति प्रकाशित गरी बेलायतको बहिर्गमन पश्चात् युरोपेली सङ्घको भविष्य कदापि जोखिममा नपरेको जनाउँदै बाँकी सबै राष्ट्र थप एकतावद्ध भइसँगसँगै काम गर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

आर्थिक र सुरक्षाको राजनीतिलाई सबैको साझा हितका लागि अगाडि बढाउन र केही महिनायता झाङ्गिएको निजी राष्ट्रवादका विरुद्ध साझा राष्ट्रवादको अवधारणाको हतियार लिइ सङ्घर्ष गर्नु अत्यावश्यक भएको उहाँले बुधवार बताउनुभएको थियो ।

युरोपियन युनियन अझैसम्म पनि पर्याप्त सङ्गठीत नभएको अझ बलिष्ठरुपमा सङ्गठित हुन आवश्यक जङकरले बताउनुभएको थियो ।

स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा हुनलागेको बेलायत बाहेकका इयुका २७ नेताको वैठकको दुइदिन अगाडि उहाँको यस्तो भनाइ सार्वजनिक भएको थियो ।

बेलायत बाहिरिएपछिको इयुको मार्गचित्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइएको छ ।रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget