महिनावारीको क्रममा महिलाहरुलाई दुखाईका साथै थुप्रै प्रकारको शारिरिक र मानसिक समस्या झेल्नुपर्ने हुन्छ । यदि यी दिनहरुमा खानेकुरामा ख्याल राख्ने हो भने यी समस्याबाट बच्न सकिन्छ । महिनावारी भएका बेला के खानुपर्छ वा श्रीमती र प्रेमिकालाई कस्तो खानेकुरा ख्वाउनुपर्छ भन्ने बारे यहाँ जानकारी दिइएको छ ।
१. चकलेटः
चकलेटमा म्याग्नेसियम र एन्र्डोफिन्सका साथै क्याफिन र आइरन पाइन्छ । यसले दुखाईबाट राहत प्रदान गर्दछ, मूड राम्रो हुन्छ र ऊर्जा मिल्दछ ।
२. ग्रीन टीः
यो पिउँदा रक्त संचार पेल्भिक एरियातर्फ हुन्छ । यसले मासंपेशीलाई आराम दिनुका साथै दुखाई कम गर्छ ।
३. मेवाः
मेवामा क्यारोटिन, आइरन, क्याल्सियम र भिटामिन पाइन्छ जसले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय राख्छ ।
४. केराः
यसमा पोटासियम, म्याग्नेसियमका साथै मेलाटोनिनजस्ता मिनरल्स पाइन्छ जसले मूड ठिक गर्दछ । यसका साथै दुखाई कम हुन्छ भने राम्रो निन्द्रा लाग्न सहयोग गर्दछ ।
५. तातो दुधः
यसमा पाइने क्याल्सियम र मिनरल्सका साथै आइरनले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ भने रगतको कमीलाई पनि टाढा राख्दछ ।
६. ड्राई फ्रुट र बदामः
यसमा क्याल्सियम हुन्छ र यसले मासंपेशीलाई आराम प्रदान गरी दुखाईबाट राहत प्रदान गर्दछ । यसले प्रोबायोटिक्स डाइजेसन राम्रो राख्दछ ।
७. हरियो सागसब्जीः
पालुङ्गो, मेथी, ब्रोकोली, बन्दाजस्ता तरकारीमा आइरन, म्याग्नेसियमजस्ता मिनरल्स र प्रचर मात्रामा भिटामिन पाइन्छ । यसले कमजोरी र रगतको कमीलाई टाढा राख्छ ।
८. दहीः
यसमा क्याल्सियम हुन्छ र मांसपेशीलाई आरम प्रदान गरी दुखाईबाट राहत प्रदान गर्दछ । यसले पनि प्रोबायोटिक्स डाइजेसन राम्रो गर्दछ ।
९. एलोभेरा जूसः
एक चम्चा एलोभेरा जूसमा एक चम्चा मह र पानी मिसाएर पिउँदा दुखाई, कमजोरी र उच्च रक्तश्रावबाट राहत मिल्छ ।
१०. तुलसीः
यसमा पाइने एन्टी इन्फ्लामेटरी तत्वले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ । पानीमा ६÷७ तुलसीको पात उमालेर त्यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।
११. आलसः
यसमा ओमेजा थ्री फ्याटी एसिड पाइन्छ । भुटेको आलसलाई ब्रेकफास्टमा खाँदा महिनावारीको दुखाई टाढा भाग्छ ।
१२. पाइन एप्पलः
यसमा ब्रोमलेन नामक एन्जाइम हुन्छ जसले मांसपेशीलाई आराम दिलाउँछ र दुखाईबाट राहत प्रदान गर्दछ ।
१३. अदुवाः
यसमा पाइने एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लामेटरी तत्वले दुखाई र कमजोरी टाढा राख्छ । पानीमा अदुवा मिसाएर त्यसमा मह हालेर चिया जस्तै पिउनुहोस् ।
१४. अण्डाः
अण्डामा प्रोटिन पाइन्छ । यसले महिनावारी हुँदा शरिरलाई चाहिने ऊर्जा प्रदान गर्दछ ।
१५. माछाः
यसमा ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । महिनावारीको क्रममा हुने दुखाईबाट राहत प्रदान गर्दछ ।
एजेन्सी
Post a Comment