Websoft University

www.radiomakalu.com || 021-522512


यादवको उपचार अमेरिकामा हुने

Ram Baran Yadav_1

काठमाडौँ, भदौ २८ गते ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवको असोज १० गते अमेरिकाको मेचीगन राज्यको हेनरी फोर्ड हस्पिटल अफ युरोलोजीमा प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने तय भएको छ ।  त्यहाँ डा. मनी मेनानसहितको चिकित्सक टोलीले उहाँको शल्यक्रिया गर्ने तयारी भएको छ ।  उपचारका लागि उहाँ असोज १ गते शनिबार अमेरिका जानुहुने र असोज ५ गते चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनु हुनेछ ।  त्यसपछि उहाँको असोज १० गते शल्यक्रिया गरिनेछ ।
गोरखापत्रसँगको भेटमा सोमबार पूर्वराष्ट्रपति यादवले चिकित्सकहरूको सल्लाह र सुझावअनुसार नै उच्च प्रविधिबाट शल्यक्रिया गर्न अमेरिका जान लागेको बताउनुभयो ।
यादवले भन्नुभयो, ‘‘मलाई जनताको पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो, म उपचारपछि फर्केर आएर तिनै जनताको सेवामा अझै १०–१५ वर्ष समर्पित रहनेछु ।  मैले ढोगेर जारी गरेको संविधान सफल भएमा देश सफल हुन्छ भन्ने मलाई लागेको छ । ’’
भारतको चण्डिगढस्थित नेहरू चिकित्सालयमा केही दिनअघि गरिएको स्वास्थ्य परीक्षणमा प्रोस्टेटको क्यान्सर देखिएपछि अस्पतालका चिकित्सकले उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाव दिनुभएको थियो ।  चिकित्सकका अनुसार शल्यक्रियापश्चात् यादवको क्यान्सर पूर्णरूपमा निको हुनेछ ।  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget