काठमाडौं,भदौ २७ गते । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमण र तयारीबारे छलफल भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले महत र स्वराव भेटको तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘महत्वपूर्ण भ्रमणका लागि आधार तयार गर्दै ।’
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारत जाँदैछन् । त्यसको तयारीका लागि महत आइतबार दिल्ली गएका हुन् ।-अनलाइनखबर
Post a Comment