Websoft University

www.radiomakalu.com || 021-522512


पोर्न फिल्म हेर्नाले धार्मिक आस्थामा वृद्धि !


porn
पोर्न र धर्मलाई एकसाथ जोड्नु भनेको धेरै धार्मिक आस्थावान मानिसहरुको भावनामा चोट पूराउनु हुनसक्छ । तर हालै भएको एक अध्ययनले भने यस्तो मान्यतााई गलत सावित गर्दै पोर्न र धार्मिक आस्थाबीचमा निकै नै निकट सम्बन्ध रहेको देखाएको छ ।

शोधकर्ताहरुका अनुसार हप्तामा एक वा दुइपटक पोर्न फिल्म हेर्नाले मानिसको धार्मिक आस्थामा वृद्धि हुन्छ ।

आम धारणा के छ भने धार्मिक समूहहरु प्ाोनोग्राफीलाई बर्जित ठान्छन् त्यसैले धार्मिक आस्थावान मानिसहरुले पोर्न सामाग्री कम हेर्छन् । पोर्न सामाग्रीले धर्मभिरु म्ानिसको धार्मिक आस्थामा गिरावट ल्याउने आमधारणा छ ।

तर अध्ययनले भने यसलाई अस्विकृत गरेको छ । मानिसले जति धेरै पोर्न हेर्यो ऊ उति नै धेरै धार्मिक बन्ने देखिएको छ । यसको खास कारण पत्ता नलागेपनि पोर्न फिल्म हेरिसकेपछिको हीन मनोभावनाले मानिसलाई धार्मिक आस्थावान बनाउने ठहर शोधकर्ताहरुको छ ।

अर्थात् पोर्न फिल्म हेरेपछि आफु नैतिकताबाट च्यूत भएको जस्तो ठानेर मानिस प्रायश्चितका लागि इश्वरको आराधना तथा धार्मिक कार्यप्रति बढि आकषिर्त हुन्छ ।

अमेरिकाको ओक्लोहोमा विश्वविद्यालयका शोधकर्ताहरुले १३ सय अमरिकीहरुमा ६ वर्षसम्म अध्ययन गरी यस्त निष्कर्ष निकालेका हुन् ।

सन् २००६ देखि २०१२ सम्म गरिएको अध्ययन अनुसार बढि पोर्न हेर्ने मानिसहरु भगवानको आराधना तथा धार्मिक कार्यमा बढि संलग्न हुने गरेको पाइयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget