Websoft University

www.radiomakalu.com || 021-522512


स्क्रब टाइफस सार्ने मुसा खोज्दै स्वास्थ्य विभागको टोली चितवनमा


Doctors-team-at-Chitwan
चितवन, भदौ २४ गते । चितवनमा अन्य जिल्लामा भन्दा बढी स्क्रव टाइफसका बिरामी देखिएपछि स्वास्थ्य सेवा विभागको टोलीले जिल्लाका बिभिन्न क्षेत्रमा मुसाको खोजी गर्दै अनुसन्धान थालेको छ ।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले चितवनको शारदानगर, मेघौली, गुञ्जनगर लगायतका क्षेत्रमा संक्रमण गराउने मुसाहरुको खोजी थालेको हो ।

मुसामा हुने एक प्रकारको किरा (माइट)ले टोकेमा यो रोग लाग्छ । विशेषगरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्ने चिकित्सकहरु बताउँछन् ।

शुक्रबारदेखि आगामी सोमवारसम्म ती क्षेत्रमा रहेका मुसाहरुलाई खोजेर ट्यापमा पार्ने र तिनीहरूको अनुसन्धान गरिने विभागका जनस्वास्थ्य अधिकृत रेमश लामिछानेले जानकारी दिए । ‘५० भन्दा बढी मुसाहरूलाई खोजेर अनुसन्धान गर्ने हाम्रो उद्देश्य हो,’ जनस्वास्थ्य अधिकृत लामिछानेले भने, ‘मुसाको प्रजाति र मुसाको कान पेट लगायतका स्थानमा बस्ने माइटबारे अनुसन्धान थाल्ने छौं ।’


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इन्टोमोलोजिष्ट ललनप्रसाद साहले खोजी गरिएका मुसाहरूलाई मारेर तिनीहरूको कलेजो, मिर्गौला, फियो, फोक्सो, मुटु र रगतको परीक्षण गरिने जानकारी दिए । स्क्रव टाइफसका बिरामी भएको घरलाई पहिलो प्राथमिकतामा राखेर मुसाहरुको खोजी गरिने साहले बताए ।

चितवनमा अन्य जिल्लामा भन्दा बढी बिरामीहरूमा स्क्रव टाइफसको संक्रमण देखिएकाले विभागको टोलीले पहिलोपटक जिल्लाका विभिन्न क्षेत्रमा मुसाहरूको खोजी गरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले बताए ।

टोलीमा किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौडाका इन्टोमोलोजिष्ट शिशिर पन्त, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन बुद्धरत्न महर्जन, शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल टेकुका उत्तमराज प्याकुरेल र बिजय रिमाल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ललनप्रसाद साह र प्रमोद कुमार मेहता सहभागी छन् । जनस्वास्थ्य कार्यालय चितवनबाट भेक्टर कन्ट्रोल निरीक्षक राम केसी र जनस्वास्थ्य निरीक्षक अनुप अधिकारी टोलीमा संलग्न छन् ।

चितवनमा भदौ २० गतेसम्म १८९ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ५ जना, नारायणी सामुदायीक अस्पतालमा ७ जना र बाँकी १७७ जना चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा स्क्रव टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।

यसैबीच चितवनको भरतपुर अस्पतालमा स्क्रव टाइफसको निःशुल्क परीक्षण सुरु गरिएको छ ।-सुवास पण्डित,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget