Websoft University

www.radiomakalu.com || 021-522512


बिराटनगरको बिभत्स हत्याकाण्डका अभियुक्त पक्राउ संगै सार्वजनिक

तस्विर - प्रेम देवान



अनुज सापकोटा , 

 विराटनगर , भदौ २२ गते ।  विराटनगर १३ तिनटोलिया मा एक व्यक्तिको विभत्स हत्या भएको सन्दर्भलाई लिएर आज जिल्ला प्रहरी कार्यलय मोरगंमा पत्रकार सम्मलेनको आयोजना गरि पक्राउ परेका तीन अभियुक्तहरुलाई आज सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएकाहरुमा सिरहा पिपरा घरभई हाल विराटनगर १३ बस्ने वर्ष २२ को राकेश कुमार यादव, सिरहा सोठिआइन ५ बस्ने वर्ष १७ को कृष्ण कुमार यादव र वर्ष १७ सप्तरी ,महुवा ९ दुधैला बस्ने जितेन्द्र कुमार साह रहेकाछन् ।

तस्विर - प्रेम देवान

          यी अभियुक्तहरुलाई विराटनगर २० को नेपाल भारत दरैया क्षेत्रबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक सन्दीप भण्डारीले बताउनु भयो । घटनास्थलबाट कटुवा पेस्तोल थान १ ,धारीलो कट्टी थान १, मोवाइल फोन ८ थान , रगत लागेको कपडा र विभिन्न कागजातहरु बरामद गरिएको छ । अपराधीलाई भगाउन र अपराध लुकाउन सहयोग गर्नेहरुलाई पनि पहिचान गरी पक्राउ गर्ने क्रम जारी रहेको एसपी सन्दीप भण्डारीले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

तस्विर - प्रेम देवान

           २०७३ । ०५। २१ गते विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरको भुइ तला कोठा भित्र अक्सफोर्ड होम नामको होस्टल सन्चालन गरी बस्ने वर्ष १९ को बिनोद यादवको शव टाउको र खुट्टा काटी टुक्रा पारी बोरा भित्र र शरीरको भाग डसनामा पोको पारी राखिएको अवस्थामा फेला परेको थियो ।

तस्विर - प्रेम देवान

 घटनाको प्रकृति हेर्दा र घटनास्थलबाट कटुवा बन्दूक पनि बरामद भएको हुनाले घटनालाई क्षणिक आवेगमा भन्दा पनि नियोजित तरिकाले पुर्णता दिएको देखिन्छ । अभियुक्तहरुले विनोद यादवसँगको मेलजोल बढाउनु र मृतकलाई खानपिनका निम्ती ऊ बसेको होस्टलबाट अभियुक्त राकेश कुमार यादवले आप्mनो कोठामा लानु र अन्य तीन जना सँग मिलि मादक पदार्थ सेवन गर्नुले पनि हत्याको तानाबाना निकै पहिले बुनिएको कुरालाई नकार्न सकिन्न ।

तस्विर - प्रेम देवान

          अभियुक्तहरु पक्राउ परेतापनि अहिलेसम्म पनि किन र के कारणले विनोद यादवको हत्या भयो भन्ने कुरा खुलाउन नसक्नुले प्रहरीको भुमिकामाथि पनि प्रश्नचिन्ह उब्जाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई के कति कारणले नियोजित हत्या भएको हो भन्ने जानकारी यथासिघ्र सार्वजनिक गर्न सर्वसाधारणले माग गरेकाछन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले यस्तो क्रुर हत्या यस अघि कहिले नदेखेको बताउनु भयो ।

तस्विर - प्रेम देवान




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget