Websoft University

www.radiomakalu.com || 021-522512


मेरी कोमलाई पिएचडीको उपाधि



भारतकी स्टार महिला बक्सर मेरी कोम अब डाक्टर मेरी कोमको नामले चिनिने छिन्।
लन्डन ओलम्पिकमा भारतलाई काँस्य जिताएकी कोमको आत्मकथामा आधारित भएर चलचित्र नै निमार्ण भइसकेको छ। उनलाई नर्थ–इस्टर्न हिल विश्वविद्यालय (एनइएचयु) ले खेलको माध्यमबाट गरेको योगदानका लागि ‘डक्टरेट’ बाट सम्मानित गरेको छ।
५ पल्टकी विश्व च्याम्पियन कोम ओलम्पिकमा भारतलाई महिला बक्सिङतर्फ पदक दिलाउन एक मात्र खेलाडी हुन्। उनी राज्यसभामा पनि मनोनित सदस्य हुन्। विश्वविद्यालयका कुलपति एसके श्रीवास्तवले मेरी कोमलाई डाक्टरेटको उपाधिबाट सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘खेलमा उनले गरेको असाधारण प्रदर्शनका लागि विश्वविद्यालयले सम्मान गर्न लागेको हो,’ उनले भने।
मेरी कोमको घर मणिपुर हो। उनले विश्वविद्यालयको सम्मानलाई आफूले सधै याद गर्ने बताइन्। भनिन्,‘म सबै छात्राहरूलाई अपील गर्न चाहन्छु। जे पनि गर्नुस त्यसमा मजा लिनुस्। यसले तपाईलाई समस्याबाट बाहिर निकाल्छ। मलाई यति धेरै पुरस्कार खेलप्रति मेरो लगावकै कारण पाएकी हुन्।’- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget