Websoft University

www.radiomakalu.com || 021-522512


डिफेन्डिङ च्याम्पियन लेस्टर लिभरपुलसँग पराजित



लण्डन – लिभरपुलले डिफेन्डिङ च्याम्पियन लेस्टरसिटीमाथि ४–१ को सहज जित दर्ता गरेको छ । नयाँ सिजनमा घरेलु मैदानमा भएको पहिलो खेलमा लिभरपुल विजयी भएको हो ।
खेलको पहिलो हाफमा रोबर्टो फर्मिन्हो र साडियो मेनले लिभरपुलाई २–० को अग्रता दिलाए पनि लुकासले गल्तीले जेमी भार्डीलाई पास दिए पनि उनले खेल २–१ स्थितिमा पुर्याए ।
पछिल्लो ८ खेलमा मेनको यो आठौं गोल हो ।
खेलको दोस्रो हाफमा एडम लालाना र फर्मिन्होले १–१ गोल थपे ।
योसँगै लिभरपुलले सन् २०१६ मा अन्य प्रिमियर लिग क्लबभन्दा धेरै गोल गर्ने क्लब भएको छ । उसले सन् २०१६ मा ५० गोल गरेको छ ।
उता, टोटनहमले पनि स्टोक सिटीमाथि गोलको वर्षा गरेको छ । स्पर्सको जीतमा सन हिउङ मिनले दुई तथा डेली अली र ह्यारी केनले १–१ गोल गरे ।
खेल स्पर्सले ४–० ले जित्दै लिगको चौंथो स्थानमा उक्लिएको छ ।
त्यस्तै आर्सनलले पनि साउथह्याम्टनलाई संघर्षपूर्ण खेलमा २–१ गोलअन्तरले पराजित गरेको छ ।

गोलकिपर पिटर चेकको आत्मघाती गोलले पछि परेको आर्सनलका लागि लरेन्ट कोसियल्नीले खेल बराबरीमा ल्याए । उनले उत्कृष्ट ओभरहेड किक मार्फत गोल गर्दै खेलको २९ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
खेलको इन्जुरी समयमा पेनाल्टीलाई सदुपयोग गर्ने सान्टी कार्जोलाले गोल गर्दै आर्सनललाई महत्वपूर्ण ३ अंक दिलाए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget