Websoft University

www.radiomakalu.com || 021-522512


विश्वमा सवैभन्दा लामो नाम कसको : भारत र पाकिस्तानको


mosi-sarif
संसारमा सवैभन्दा लामो नाक कसको ? सवैलाई थाहा छ, भारत र पाकिस्तानको ।

विश्वमा भारत र पाकिस्तानको जस्तो अर्को त्यस्तो उदारण कही पनि छैन, जुन संसारको दोस्रो र सातौँ सवैभन्दा ठूलो सेना यसकारण राख्छन्, यो विश्वमा २५ प्रतिशत गरीवको रक्षा गर्न सकियोस् ।

यो सुरक्षा यति महंगो छ कि, हतियार खरीद गर्ने पहिलो र दशौं ठूलो देशमा एटम बम थुपार्न पनि कुनै महंगो चिज होइन ।
यसका पछाडि त्यही सोच छ, जुन विश्वमा दोस्रो र सातौँ सवैभन्दा ठूलो सेना यसकारण राख्छन्, यो दुनियाँमा २५ प्रतिशत गरीवको रक्षा गर्न सकियोस् ।

यो सुरक्षा यति महंगो छ कि, हतियार खरीदने पहिलो र दशौं ठूलो देश र एट्म बम थुपार्न पनि कुनै महंगो बाजी होइन ।
यसका पछाडि त्यही सोच छ कि बाहुबलीको टाउको काटियोस्, नाक नकाटियोस ।

पश्चिमी देश परमाणु युद्धबाट यसकारण डराउँछन् कि एउटा पनि एटम बम पड्कयो भने १०–१५ लाख पढे–लेखेका मानिस पहिलो धमकामै मर्छन ।

तर, भारत–पाकिस्तानलाई आपत्ति छैन–दिल्लीमा कुनै बम चलोस् वा लाहौरमा परमाणु मिसाइल उडोस् ।

उनीहरुलाई लाग्छ, धेरै भन्दा धेरै के होला ? चालीस–पचास लाख बेरोजगार या गरीव दुखीले यो धर्ती खाली गर्नेछन् । यसै पनि यिनीहरुको मर्न र जिउनमा के नै फरक छ र ?

यसकारण दिल्लीमा कुनै परिचित न्यूज एंकर प्राइम समयमा कुनै एयर कण्डिसन स्टुडियोमा बसेर टिआरपी बढाउन आफ्नो जिव्रोमा मिसाइल राखेर पड्काउँछन् ।

या इस्लामाबादको कुनै वैठकमा बुद्धिजीवि या कुनै टालु खुइलिएको मन्त्री भन्छन्–हामीले पनि चुरा लगाएका छैनौँ, उनीहरुलाई उडाईदिन्छौँ । यसका पछाडि यही सोच हुन्छ कि, धेरै भन्दा धेरै चालसी–पचास लाख या एक करोड किरा मर्छन । दश बर्षमा फेरि यत्तिनै जन्मन्छन् ।
यस्तोमा जव मेरो नजर टाइम्स हायर एजुकेशन वल्र्ड यूनिवर्सिटी रैकिङ्गमा पर्छ, त्यतिबेला यकिन हुन्छ कि, हामी जस्ताको जोड यस्तोमा हुन्छ –फेरि एक पटक अर्काको नाक कसरी सानो बनाईदिउँ ।
यसबाट फुर्सद मिल्यो भने सोच्छन् कि, यो उपमहाद्धीपमा संसारका २५ प्रतिशत अथवा पौने दुई अरव मानिस बस्छन् । यसको अबस्था यो छ कि संसारका टप २ सय यूनिवर्सिटीमा यहाँ एउटा पनि छैन ।
ठीक, संसारका टप एक हजार यूनिवर्सिटीमा सार्कका आठ मध्ये तीन देशका नाम छन् । जसमा श्रींलकाको एउटा, पाकिस्तानको आठ र भारतका ३१ यूनिवर्सिटी छन् ।
हो, कुनै पाँच बर्षको बच्चाको मृत्यु, स्वास्थ्य र शिक्षाको सवैभन्दा कम सुविधा, तर आतंकवाद, बलात्कार, अल्पसंख्यका साथ गलत नजर या भ्रष्टाचार, भाई–भतीजावाद, जातिवाद, गुण्डाराजमा हामी टप टेन वा टप ट्वान्टीमा हुन्छौ ।
यसकारण टाइम्स हायर एजुकेशन वल्र्ड रंैकिङ्ग जस्ता तमाशाबाट दुखी हुनुको जरुरुी छैन –जव हामी एक अर्कालाई खत्तम पार्न सक्छौँ । शिक्षा, विमारी, रोजगार जस्ता मामुली मुद्धा अन्त्य गर्नेमा पनि हामी ध्यान दिन आबश्यक ठान्दैनौँ ।
विश्वलार्ई हाम्रो लागि चिन्तित हुने वा हाम्रो मसलामा अडान लिनेको जरुरत नै छैन र यदि टाइम्स हायर एजुकेशन जस्ता रिपोर्टले धेरैभन्दा धेरै चिन्ता गर्ने कोशिष गर्यो भने सुन्नुहोस्–दूध मागे खिर दिइनेछ, शिक्षा मागे निद्रा ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget