Websoft University

www.radiomakalu.com || 021-522512


विशेष समयमा सरकार र सदनको ध्यानाकर्षण




काठमाडौँ, भदौ २६ गते । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले मुलुकको समसामयिक अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेसका धनराज गुरुङले भ्यागुते रोगका औषधि सर्वसुलभ तुल्याउनुपर्ने मागगर्दै स्वास्थ्य क्षेत्रमा बढ्दो कमिसनखोरी र माफियातन्त्रले सर्वसाधारणलाई आहत पारेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का भरतमोहन अधिकारीले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चागर्दै हुलाकी राजमार्ग र पञ्चेश्वर जलविद्युत् आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धताका साथ दुवै मुलुकले काम गर्नेतर्फ प्रधानमन्त्रीले आवश्यक प्रयास गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी) केन्द्रकी कमला दोङले काभ्रेपलाञ्चोकका भूकम्पपीडितले पुनर्निर्माण प्राधिकरणबाट आवश्यक सहयोग नपाएकोमा गुनासो गर्नुभयो ।

राप्रपा नेपालका बबिना मोक्तानले सीमा निर्धारण आयोगले सोचेअनुसार काम गर्न नसकेको र स्थानीय निकायको पुनः संरचनाबारे जनताले जानकारी नपाएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका शिवजी यादवले बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न सदनमा विशेष सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएर छलफल भए पनि त्यस दिशामा सरकारीस्तरमा गम्भीर प्रयास नभएको आरोप लगाउनुभयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की गीता क्षेत्रीले संविधान कार्यान्वयनका निम्ति कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले आवश्यक कानुन तत्काल निर्माण गर्न सदनले निर्देशन दिनुपर्नेमा जोडदिनुभयो ।

नेपाली काँग्रेसकी राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)ले आन्तरिक र बाह्य पर्यटकबाटै मुलुकको अर्थतन्त्रमा योगदान पुग्ने भएकाले पर्यटक सवारी साधनमा आन्तरिक र बाह्य पर्यटक दुवैले यात्रा गर्न पाउनुपर्ने बताउनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले शान्तिसुरक्षा कायम गर्न र आपराधिक गतिविधि नियन्त्रणमा सुरक्षा निकाय गम्भीर रुपमा कार्यक्षेत्रमा जुट्नुपर्ने माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले निजामति सेवाका कर्मचारीको उत्पादकत्व बढाउन र बजार नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाकी मीना पुनले नेपाल–भारत सीमानामा नेपाली नागरिकमाथि भारतीय प्रहरीबाट हुने गरेका ज्यादति अन्त्य हुनुपर्ने माग गर्नुभयो ।

सङ्घीय सद्भावना पार्टीकी डिम्पलकुमारी झाले मधेसी मोर्चा र सरकारबीच भएका तीनबुँदे सम्झौता तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका तारिणीदत्त चटौतले जनताका प्रतिनिधिले बनाएको संविधान जारी भए पनि कार्यान्वयन हुन नसकेको बताउँदै सबै राजनीतिक दल मिलेर संविधान संशोधन गरी त्यसलाई पूर्णरुपले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपा (एमाले)का प्रकाश ज्वालाले स्थानीय निकाय पुनःसंरचना आयोगले काम गरिरहेको र त्यसलाई विवादमा ल्याउन नहुने विचार व्यक्तगर्दै उक्त संवैधानिक आयोगलाई सबै राजनीतिक दलले सघाउनुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी) केन्द्रका सूर्यप्रकाश बालाराईले प्रधानमन्त्रीबाट हुन लागेको भारत भ्रमणको सफलताको कामना गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुमधुर तुल्याएर त्यसलाई द्विपक्षीय हित र लाभमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सीताराम भण्डारीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का केदारप्रसाद सञ्जेलले सदनमा शून्य र विशेष समयमा उठाइएका विषयमा सरकारले कुनै चासो नदिएकामा रोष प्रकट गर्दै मनपरि ढङ्गले निजामति कर्मचारीको सरुवा हुन नहुने बताउनुभयो ।

नेकपा (माओवादी) केन्द्रका योगेन्द्र तामाङ घिसिङले मानव बली दिन खोज्ने अभियुक्तहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

सदनका काममा ध्यान दिन आग्रह
यसैबीच, सभामुख ओनसरी घर्तीमगरले संसद्मा सांसदहरूको कम उपस्थितिले सदनको कामकारबाही प्रभावित भएको भन्दै नेपालको संविधानको धारा ८९ का प्रावधानलाई ख्याल गर्दै सदनका कामकारबाहीमा ध्यान दिन आग्रह गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget