Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल बन्यो भारतीय गाडीको दोस्रो ठूलो बजार


cars-11
काठमाडौं,भदौ २१ गते । नेपाल भारतीय अटो उत्पादनको दोस्रो ठूलो बजार बनेको छ । इञ्जिनियरङ एक्पोर्ट प्रोमोशन काउन्सिल अफ इण्डिया (इइपीसी)ले भर्खरै प्रकाशित गरेको रिपोर्टले नेपाल भारतमा उत्पादन भएका दुई तथा चार पांग्रे सवारी र तथा व्यवसायिक सवारीको दोस्रो ठूलो बजार भएको देखाएको छ ।

काउन्सिलिका अनुसार भारतमा बन्ने सवारीको प्रमुख बजार भने मेक्सिको हो । त्यसपछिको दोस्रो ठूलो बजारका रुपमा नेपाल उदाएको छ । बेलायत भारतबाट धेरै सवारी लैजाने देशमा तेस्रो नम्बरमा पर्छ ।

गत अपि्रलदेखि जुलाइसम्म मात्रै भारतले नेपालमा १५ अर्ब ७० करोडको सवारी नेपालमा निर्यात गरेको रिपोर्टमा उल्लेख छ । यस अवधिमा भारतीय प्रमुख अटो बजार बनेको मेक्सिकोमा भने ५० अर्ब १ करोड रुपैयाँ बराबरको गाडी निर्यात भएको थियो ।

भारतीय अटोको तेस्रो मुख्य बजार बेलायतमा यो अवधिमा १३ अर्ब बराबरको सवारी निर्यात भएको इण्डिया टाइम्सले लेखेको समाचारमा उल्लेख छ ।

अपि्रलदेखि जुलाइसम्म प्रायः गाडी कम्पनीहहरुले अटो मेला र चाडबाडलाई लक्षित गरी सवारी भित्र्याएका थिए । पछिल्लो समयमा नेपालमा अटो बजार विस्तार हुने क्रममा छ ।


भैरहवा भन्सारबाट नेपाल भित्रिएका गाडीहरु

विभिन्न गाडी तथा सवारी निर्माता कम्पनीहरुले भारतमै प्लान्ट राखेर गाडी एसेम्बल गर्ने गरेका छन् । भारतीय बजारमा बनेका गाडी नै प्रमुख रुपमा नेपाल आउँछन् ।

गत आइतबार मात्रै सकिएको नाडा अटो शोमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको गाडी बुक भएको थियो । पछिल्लो समयमा अटोप्रति उपभोक्ताको आकर्षण बढ्दै गर्दा भारतीय अटो उत्पादनका लागि नेपाल ठूलो सम्भावना भएको बजारका रुपमा स्थापित भएको छ ।

सवारीसाधन विलाशित भन्दा आवश्यक्ताको साधनका रुपमा परिचि भएसँगै नेपालमा आफ्नै सवारी राख्नेको संख्या बढ्दै गएको छ ।

नेपालमा कुल जनसंख्यको ७ प्रतिशत मात्रै दुई पांग्रे सवारी चढ्छन् भने आफ्नै गाडी हुने ०.७ प्रतिशत मात्रै छन् । त्यसैले पनि भारतीय गाडी निर्माताहरुले नेपालमा आफ्नो उत्पादन भित्र्याएर प्रवर्द्धन गरिरहेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget