Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङमा केन्द्रीय प्रसारण जडानको काम अन्तिम चरणमा

transformer_electricity

ताप्लेजुङ,असोज ९ गते । ताप्लेजुङमा केन्द्रीय प्रसारण लाइन जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।

ताप्लेजुङ सदरमुकाममा विद्युत प्रवाहका लागि आवस्यक संरचना निर्माण भईसकेको र केही साना काम मात्र बाँकि रहेकाले दशै अघिनै विद्युत जडान गरी सक्ने तयारी भएको नेपाल विद्युत प्राधिकरणका इलामस्थित स्टेसन प्रमुुख सीताराम सिग्देलले बताए ।

गत भदौ १७ गते गएको पहिरोले क्षति पुर्‍याएको ताप्लेजुङ नगरपालीका ८ स्थित धुसेनि भीरदेखि हिटिसम्मको तार टाँग्ने र पोल गाड्ने साथै पाँचथरदेखि ताप्लेजुङसम्मको प्रसारण क्षेत्रको बुस कटिङ गर्ने मात्र काम अब बाँकि रहेको प्रमुख सिग्देलको भनाइ छ ।

ताप्लेजुङ नगरपालीका आठमा अस्थायी सब स्टेसनको भवन निर्माण सम्पन्न भई सकेको र पाँचथरको फिदिमबाट १.५ मेगावाट क्षमताको ट्रान्सर्फमर समेत शनिवार आईपुगेकाले सो स्थानको जडानको काम एक सातामा सकिने जनाइएको छ ।

सबै क्षेत्रको काम सोहि समयमा सकिए दशै अघिनै सदरमुकाममा केन्दि्रय प्रसारण लाईनको बत्ति बल्ने सम्भावना रहेको नेपाल विद्युत प्राधिकरण अन्र्तगत दुहवि वितरण केन्द्रका सहायक इन्जिनियर तथा ताप्लेजुङमा भईरहेको विद्युतिकरणको लागि खटिएका प्रतिनिधि तथा निरीक्षक अर्जुन कुमार योन्जनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले ‘फास्ट ट्रयाक’ विधि अपनाएर यस अघि भदौ महिनामानै केन्द्रीय प्रसारण लाईन जडान गरी सक्ने बताए पनि काममा सुस्थता र पहिरोले क्षति पुर्‍याएको भन्दै ढिला गरेको ताप्लेजुङमा विद्युतिकरणका लागि युवा सरोकार समितिका संयोजक नारायण थापाले बताए ।

केन्द्री प्रसारण लाईन नपुगेको पुर्वको एक मात्र जिल्ला ताप्लेजुङमा धेरै वर्ष अघि निर्माण भएको साना जलविद्युत आयोजनाबाट विद्युत प्रवाह गरिदै आएको छ । थोरै क्षमताको विद्युत प्रवाह गरिदा आयोजनाले लोड थाम्न नसक्दा बारम्बार विग्रदै आएको छ भने विद्युत नहुँदा जिल्लाका कलकारखानाले महँगो लगानिमा जेनेरेटरबाट आफ्नो काम गर्दै आएका छन् ।-रविन भट्टराई,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget