Websoft University

www.radiomakalu.com || 021-522512


हे प्रभू ! सि जिनपिङ नआउञ्जेल ओली सरकार नढाल भनेँ- सुजाता

Sujata Koirala (2)

काठमाडौं,भदौ २४ गते । सत्तारुढ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनु दुर्भाग्यपूर्ण भएको बताएकी छिन् ।

एमालेको युवा तथा खेलकुद विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले चीनका राष्ट्रपति आउँछु भन्दा पनि सरकार परिवर्तनका कारण आउन नदिइएको बताइन् ।

एमाले कार्यकर्ताको तालीका बीच कोइरालाले भनिन्- ‘सि जिनपिङको भ्रमण नहुञ्जेल ओली सरकार नढालौं भनेर मैले धेरै आग्रह गरेँ । हे प्रभू ! ओली सरकार नढाल भनेँ । सि जिनपिङको भ्रमणपछि ढालौं भन्दा पनि मानेनन् । आखिर जिनपिङ नआउने नै भए ।’

चीनका राष्ट्रपतिको भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा धेरै चर्चा र आन्तरिक विकासमा सहयोग हुने थियो भन्दै कोइरालाले सरकार परिवर्तनकै कारण उनको भ्रमण नभएको बताइन् । कोइरालाले भनिन्-सी जिनपिङ नेपाल आउँछु भन्दा पनि आउन नदिने, भ्रमणको वातावरण नबनाउने भनेको नेपाल सिद्धिने बाटो हो । यो हाम्रा लागि लाजमर्दो कुरा हो ।

कांग्रेस नेतृ कोइरालाले चीनको प्रशंसा गर्दै धनी देशका राष्ट्रप्रमुख नेपाल आउन खोज्दा रोकिनु नेपालका लागि दुःखद भएको दोहोर्‍याइन् । भर्खरै मलेसियामा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएको सन्दर्भ कोट्याउँदै कोइरालाले चिनियाँ राष्ट्रपति भारतको गोआ आउन लागेको र संसारले उहाँलाई स्वागत गरिरहेको भन्दै हाम्रो देशमा चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न पाएको भए विकासको सम्भावना धेरै बढ्ने बताइन् ।

उनले युवाहरुले जिल्ला-जिल्लामा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget