Websoft University

www.radiomakalu.com || 021-522512


प्रसिद्ध तीर्थस्थल मोदीवेणीमा १०८ धारा निर्माण

Image result for तीर्थस्थल मोदीवेणी



फलेवास (पर्वत), भदौ २२ गते । जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको पवित्र तीर्थस्थल मोदीवेणी धाममा १०८ गौमुखी धारा निर्माण भएका छन् ।


निर्माण समितिले आउँदै गरेको सोह्रश्राद्ध तिथिमा सञ्चालनमा ल्याउने गरी उक्त कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । दुई वर्ष अघिदेखि खानेपानीसहितको बृहत्तर योजनाअनुरुप उक्त १०८ गौमुखी धारा निर्माण कार्य सम्पन्न भएको हो ।

मोदीवेणी धाममा पर्यटक तथा तीर्र्थालुको आकर्षण बढाउन उक्त गौमुखी धारा निर्माण गरिएको मोदीवेणी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष केशव बैरागीले जानकारी दिनुभयो ।

उक्त धारा निर्माणका क्रममा प्रतिधारा रु १० हजार व्यक्तिगत रुपमा सङ्कलन भएको र सहयोगी दाताबाट नै धाराको उद्घाटन गराएर हिन्दू धर्मावलम्बीले मान्दै आएको सोह्रश्राद्ध तिथिबाट सञ्चालन सुरु गर्ने उहाँले बताउनुभयो ।

झन्डै रु एक करोड लागतमा सञ्चालित योजनामा धारा निर्माणसहित मोदीवेणीमा २० घनमिटरका दुई खानेपानी ट्याङ्की, बलेवा क्षेत्रमा निर्माणाधीन वृद्धाआश्रमका लागि पाँच घनमिटरको एक खानेपानी ट्याङ्की र तीर्थालुका लागि शौचालय निर्माण भइसकेको छ ।

त्रिवर्षीय योजनाअन्तर्गत यस वर्ष सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको बैरागीले जानकारी दिनुभयो ।

एक सय ८ धारामा करिब ५० मिटर तल बगिरहेको कालीगण्डकी नदीबाट वाटर पम्पिङ गरी कालीगण्डकीको पानी धारामा ल्याइने भएको छ । जेनेरेटरको प्रयोग गरी पानी शुद्धीकरण गरेर धारामा सञ्चालन गरिने उहाँले बताउनुभयो । सोसँगै अहिले मोदीवेणीमा कुश्मा नगरपालिकाको रु ५० हजार सहयोगमा बिजुली बत्तीको समेत व्यवस्था गरिएको छ ।

पर्वतका करिब २३ गाविसका बासिन्दाको शव दाहसंस्कार गर्ने घाटका रुपमा रहेको मोदीवेणीमा जुनसुकै समयमा आउने सर्वसाधारणलाई पनि सहज होस् भन्ने उद्देश्यले बिजुली बत्तीको व्यवस्था गर्न लागिएको बैरागीले बताउनुभयो ।

एक सय ८ धारा स्नान गर्नका लागि मुस्ताङको मुक्तिनाथ पुग्नुपर्ने तीर्थालुको बाध्यतालाई मध्यनजर गर्दै मुस्ताङबाटै आएको पवित्र कृष्णगण्डकी (कालीगण्डकी)को पानीबाट यहीँ नुहाउने व्यवस्था भएपछि थप राहतको महसुस हुने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको मोदीवेणी संरक्षण समितिले जनाएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget