Websoft University

www.radiomakalu.com || 021-522512


मसलाबाहेक जिराका यस्ता ९ फाइदा



जिरालाई भान्सामा मसलाको रूपमा बढी प्रयोग गरिन्छ । यसले सब्जी स्वादिस्ट बनाई खानामा रुचि बढाउँछ । स्वाद मात्र नभएर यो बहुउपयोगी औषधि पनि हो । जिरासँग मिसाएर अन्य परिकार खाँदा धेरै रोगमा औषधिको काम गर्छ ।

-धेरै दिसा लागेमा

जिराको धुलो ५० ग्राम, सिदेनुनको धुलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धुलो सबै मिसाएर मनतातो पानीसँग एक–एक चम्चा महमा मिसाएर दिनको तीन–चारपटक रोगअनुसार मात्रा मिलाई खाएमा दिसा धेरै लागेको ठीक हुन्छ ।

-स्त्री जातिको सेतो पानी आउने रोगमा

जिरा र मिश्री बराबर मिसाएर धुलो पार्ने र चौलानीसँग एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा ठीक हुन्छ ।

-ज्वरो आएमा

जिरापानी पकाएर सख्खर हालेर चियाझैँ दिनमा तीन–चारपटक खाएमा ज्वरो हुन्छ । कुनै पनि साधारण दुखाइमा जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

-अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

-आँखा पोलेमा,
बिझाएमा वा रातो भएमा जिरापानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

-खाएको नपच्ने भएमा मरिच,
सिदेनुन र जिरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । त्यसलाई बिहान र बेलुका खाना खानुअगाडि एक–एक चम्चा सेवन गरेमा केही दिनमै खाना नपच्ने, बान्ता हुने, दिसा लाग्नेजस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

-मुखमा पोतो वा दाग आएमा

जिरा, बोके जिरा, कालो तिल, सस्र्युं र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने वेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

-रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धुलो, पाँचवटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीनपटक काँडा बनाएर पिउने गरेमा ठीक हुन्छ ।

-दममा

मरिच, अदुवा र जिरा मिसाएर खुवाउँदा निमोनिया भएको र दम भएको मानिसलाई चाँडै ठीक गर्छ ।

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget