Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय फुटसल खेल्न बेकह्याम र काका आउने



भारतले फुटसललाई देशभित्र लोकप्रिय बनाउन अन्तर्राष्ट्रिय फुटबलका स्टार खेलाडीलाई अनुबन्धित गर्ने अभियानलाई झन बढी तिब्रता दिएको छ।

भारतीय फुटसलका पदाधिकारीले दोस्रो संस्करणमा डेभिड बेक्हाम र काकाजस्ता दिग्गज खेलाडीलाई अनुबन्धित गर्न लागेको जानकारी दिए। फुटसल प्रिमियर लिगको पहिलो संस्करण केही महिनाअघि भारतको दक्षिणी राज्य बेङ्लोरमा सम्पन्न भएको थियो। पहिलो संस्करणमा रोनाल्डिन्हो, रायन गिग्स, पाउल स्कोल्स, माइकल साल्गाडो, फाल्कोर हर्नान क्रेस्पोजस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडी जोडिएका थिए।

यसपालि लिगलाई झन बढी लोकप्रिय बनाउन इङ्ल्यान्डका पूर्व कप्तान बेक्हाम र ब्राजिलका पूर्व स्टार स्ट्राइकर काकालाई अनुबन्धित गर्न लागेको आयोजक समितिले बताएको छ। दोस्रो संस्करणको फुटसल लिगको घोषणा दुई दिनअघि मात्र गत मंगलबार भएको थियो। प्रिमियर फुटसल लिगका सहसंस्थापक दिनेश राजले आफ्नो प्रस्तावमा अन्तर्राष्ट्रिय फुटबलका यि दुवै दिग्गजले रुचि देखाएको बताएका छन्। उनले पैसाका लागि नभएर फुटसललाई भारतमा लोकप्रिय बनाउने उद्देश्यले उनीहरू आउन लागेको बताए।

पहिलो संस्करणको सफलतापछि आयोजक समितिले फुटसल लिगलाई वर्षको २ पल्ट आयोजना गर्न लागेका छन्। प्रतियोगिताका अध्यक्ष जेभियर ब्रिटोले यसको घोषणा गर्दै आफूहरूले लिगलाई वर्षको २ पल्ट आयोजना गर्ने बताए। ‘हामीले थुप्रै चर्चित खेलाडीलाई लिगका लागि अनुबन्धित गर्यौं। अहिले खुसी छौं, धेरै प्रशंसकले टेलिभिजन र रंगशालामा बसेर फुटसलको मनोरञ्जन लिए। यसैबाट हामीलाई वर्षमा २ पल्ट गर्ने आँट आएको हो,’ ब्रिटोले भने।

फुटसल लिगको खेलाडी लिलामीको प्रक्रिया आउँदो महिनादेखि सुरु हुनेछ। आयोजकले प्रतियोगिता आयोजना २ वटा शहरबाट बढाएर ४ मा पुर्याएका छन्। पहिलो संस्करणमा चेन्नई र गोवामा मात्र खेल आयोजना गरिएको थियो। तर, अब कोच्चि, बेग्लुरु, कोलकाता र मुम्बई शहरले यसको आयोजना गर्नेछन्।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget