Websoft University

www.radiomakalu.com || 021-522512


‘नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा’

Image result for puspa kamal dahal

नयाँ दिल्ली, असोज २ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताउनुभएको छ । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुआत भएको र त्यसले दीर्घकालीन महŒव राख्ने बताउनुभयो ।
उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरँे । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्ण रूपमा सफल भएको छ ।”
संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उहाँको कथन थियो । प्रधानमन्त्रीले भन्नुभयो, “सबैको सहमतिमा सर्वमान्य तवरले संविधान संशोधन हुन्छ । त्यो प्रक्रिया ऐतिहासिक हुन्छ भन्ने मेरो ठहर छ ।”
नेपालको संविधान सहज रूपमा कार्यान्वयन हुने प्रक्रियामा अगाडि बढेको र नेपालको आन्तरिक विषय आन्तरिक तवरबाटै हल गर्न आफू र आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको कथन थियो ।
नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गरिने उल्लेख गर्नुभयो ।
नेपालको जलविद्युत् विकास, भौतिक पूर्वाधार एवं पर्यटनका क्षेत्रमा उल्लेखनीय रूपमा सहयोग गर्न भारत सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनसँगै आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउन वर्तमान सरकार प्रतिबद्ध रहेको र त्यसमा भारतको पूर्ण सहयोग रहने बताउनुभयो ।
लामो समयदेखि रोकिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिन भारत सरकार सहमत भएको भन्दै प्रधानमन्त्रीले हुलाकी सडक, सीमा सुरक्षालगायत विषयमा महŒवपूर्ण सहमति एवं समझदारी भएको बताउनुभयो ।
नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको सन्दर्भमा भारतीय लगानीकर्ता तथा उद्योगी व्यवसायीलाई लगानीका लागि आफूले आग्रह गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले यसबाट आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त भएको उल्लेख गर्नुभयो ।
भारतीय पक्ष निर्माणाधीन आयोजनालाई दु्रत रूपमा अगाडि बढाउन सहमत भएको भन्दै प्रधानमन्त्रीले ऊर्जा, रेल सञ्जाल र सडक सञ्जालको विकास प्रक्रियाले समेत गतिलिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले समकक्षी प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, उद्योगी व्यवसायी, पत्रकार लगायतसँग महŒवपूर्ण छलफल भएको र द्विपक्षीय हित तथा चासोका बारेमा विचारविमर्श भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायतको सहभागिता थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीको वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ ।
नेपालमा लगानी गरेका भारतीय उद्योगी एवं व्यापारी समुदायले शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको माग अनुसार नेपालमा सबै संरचना तयार भएका छन् भन्नुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले लगानी एवं राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गर्नुभयो ।
उहाँले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो ।
“विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत र चीनजस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ ।”
भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget