Websoft University

www.radiomakalu.com || 021-522512


मार्पाक बस दुर्घटना - पन्ध्रको मृत्यु

Image result for bus accident dhading



मलेखु , धादिङ , असोज ११ गते । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।


बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १५ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।

पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वसभापति केशरीप्रसाद पन्तले बताउनुभयो ।

पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget