Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीलाई एमालेको प्रश्नः सरकारको नीति तथा कार्यक्रम आएको हो ?


Subas-Nemwang
काठमाडौं,भदौ २३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको सम्बोधनले गम्भीर संवैधानिक प्रश्न खडा गरेको भन्दै संसदमा प्रश्न उठाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले विहीबार संसदलाई गरेको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गरेकाले यसअघि संसदले पारित गरेको नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयनमा गम्भीर प्रश्न खडा भएको एमालेले प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै अनलाइनखबरसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अब सरकारमाथि प्रश्न उठ्ने र जनतालाई जवाफ दिनुपर्ने बताए ।

पूर्वसभामुखसमेत रहेका नेम्वाङले भने- ‘प्रधानमन्त्रीले प्रस्तुत गरेका कार्यक्रमहरुका बारेमा कुनै टिप्पणी छैन, तर उहाँले यसअघि राष्ट्रपतिमार्फत आएको नीति कार्यक्रम लागु गर्नुहुन्छ कि आफ्नो कार्यक्रम ? यो प्रश्न त उठ्यो ।’

पूर्वसभामुख नेम्वाङले संविधानअनुसार सरकारको नीति तथा कार्यक्रम संसदले पारित गरिसकेको र सोहीअनुसार बजेटसमेत पारित भइसकेको अवस्थामा प्रधानमन्त्रीले अर्को नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।

नेम्वाङले भने- उहाँले सिंगो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । यो सरकारको नीति तथा कार्यक्रम हो भने यसलाई बोक्ने बजेट कसरी ल्याउनुहुन्छ ? यसअघि संविधानअनुसार संसदबाट पारित भएको नीति कार्यक्रम र बजेट के गर्नुहुन्छ ? आजको भाषणले धेरै प्रश्न उठाएको छ । यसको उत्तर नदिई अघि बढ्न सकिन्न ।

प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउने भनेर संसदमा ‘नीति तथा कार्यक्रम’ सुनाएको भन्दै एमालेले प्रमुख विपक्षलाई झुक्याइएको टिप्पणी समेत गरेको छ ।

नेम्वाङले भने- ‘आज प्रधानमन्त्रीज्यूले समय लिएर भारत भ्रमण हुन लागेको बारे बोल्ने जानकारी दिइयो, सोहीअनुसार प्रमुख विपक्षी दलका नेतासहित हामी सुन्न बस्यौं, तर उहाँबाट सिंगै नयाँ नीति कार्यक्रम पो आयो ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget