Websoft University

www.radiomakalu.com || 021-522512


तीजमा पशुपतिनाथ प्रवेशका लागि पास नदिइने


पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि पास नदिने भएको छ।

कोषले शुक्रबार पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाइएको जानकारी दिएको हो।

कोषले अघिल्ला वर्षहरुमा विभिन्न संस्था, कोषका कर्मचारीका आफन्तजन, पत्रकार, नेताका परिवारजन, स्वयंसेवक लगायतलाई करिब ५ हजार पास बाँड्ने गरेको थियो।

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले एउटा पास देखाएर १० जनासम्म छिर्ने विगतबाट पाठ सिकेर यो पटक पासको व्यवस्था हटाइएको बताए। कोषले यसपटक पशुपतिनाथ मन्दिर भित्रको क्षेत्रमा सुरक्षाकर्मी र आफ्ना कर्मचारी मात्र खटाउने तथा स्वयंसेवकहरुलाई मन्दिर बाहिरको क्षेत्रमा मात्र परिचालन निर्णय गरेको छ।

कोषले भक्तजनलाई पशुपतिनाथको दर्शनपछि जुन ढोकाबाट छिरेको त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाएको जनाएको छ।

यस्तै, कोषले पशुपतिनाथ मन्दिको मुख्य क्षेत्रमा अघिल्ला वर्षमा जस्तो स्पीकर बजाउन नदिने निर्णय पनि गरेको छ। स्पीकरले भीड बढाउने भएकाले मन्दिरको मुख्य क्षेत्रमा स्पीकर राख्न र बजाउन नदिने निर्णय गरिएको सदस्यसचिव डा. टण्डनले जानकारी दिए।-सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget