Websoft University

www.radiomakalu.com || 021-522512


महासेनानी लामालाई सफाइ

Image result for mahasenani kumar lama


काठमाडौँ, भदौ २२ गते । संयुक्त अधिराज्यमा यातनासम्बन्धी मुद्दा खेपिरहनु भएका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाउनुभएको छ ।




बेलायती अदालतले मङ्गलबार पर्याप्त प्रमाण आधारबिना मुद्दालाई थप अघि बढाउन नसकिने निर्णय गरेको बेलायतस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिनुभयो ।




मुद्दाको सुनुवाइ गर्दै आएको बेलायती अदालतले महासेनानी लामाविरुद्धको मुद्दामा पर्याप्त प्रमाण नपुगेकाले उहाँको पक्षमा फैसला सुनाएको बताइएको छ ।




सशस्त्र द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्ने उजुरीका आधारमा महासेनानी लामा तीन वर्षअघि बेलायतमा परिवार भेट्न जाँदा पक्राउ पर्नुभएको थियो । बेलायतले उहाँविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दामा कारबाही अघि बढाएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget