भारतीय क्रिकेट टोलीका स्पिनर प्रज्ञान ओझाको टाउकोमा चोट लागेको छ। भारतको पुरानो घरेलु क्रिकेट प्रतियोगिता खेल्ने क्रममा उनको टाउकोमा चोट लागेको हो। उनको स्वास्थ्य अवस्था सन्तोषजनक भएको बताइएको छ। इन्डिया ब्लुविरूद्ध दोस्रो इनिङको ६३ ओभरको खेलमा मिडअनमा क्षेत्ररक्षण गर्ने क्रममा उनको टाउकोमा चोट लागेको थियो। इन्डिया ग्रीनतर्फबाट खेलिरहेका ओझा चौका जोगाउने अभियानमा तल झुक्दा बल अचानक बाउन्स भएको थियो।
श्रेयस गोपालको बलमा पंकजसिंहले प्रहार गरेको बलले टाउकोमा लागेपछि ओझा मैदानमै ढलेका थिए। उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो।
अस्पतालमा स्वास्थ्य परीक्षण सकिएपछि भारतीय क्रिकेट संघ (बिसीसीआई) ले ट्विटमार्फत जानकारी दियो–‘ओझाको स्वास्थ्यस्थित राम्रो छ।’ बिसीसीआईले आफ्नो अकाउन्टमा ओझा हासिरहेको तस्बिर पनि पोस्ट गरेको छ। ओझाले पहिलो इनिङमा १ र दोस्रो इनिङमा ३ विकेट लिएका थिए।-
एजेन्सी
Post a Comment