Websoft University

www.radiomakalu.com || 021-522512


को–को शीर्ष नेता तानिँदै छन् अख्तियारमा ?


Image result for akhtiyar durupayog anusandhan aayog


प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति पुन, अर्थमन्त्री महरा, ऊर्जामन्त्री शर्मा र कांग्रेस नेता पौडेल, महत, सिटौलाससम्मलाई अख्तियारले बयानका लागि बोलाउने


काठमाडौ , असोज ५ गते । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको मुद्दा अघि बढाएपछि मुलुकको राजनीतिक अवस्था यसै तरंगित भएको थियो । सोही दिन बेलुका अख्तियारले हतार हतारमा पत्रकार सम्मेलन गर्दै लडाकु शिविरमा भएको भ्रष्टाचारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएपछि राजनीति झन् रोमाञ्चक हुँदै गएको छ । अख्तियारले जिम्मेवार नेतालाई ३० दिनभित्र अख्तियारमा हाजिर हुन आउन समेत भनेको जानकारी पत्रकार सम्मेलनमा दिएको छ । तर, पत्र भने पठाइसकेको छैन ।
अख्तियारले यो मुद्दा अघि बढाए प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकिशोर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, तत्कालीन जनमुक्ति सेनाका डिभिजन कमान्डरदेखि ब्रिगेडियरसम्मलाई पत्र पठाउनु पर्ने हुन्छ । तर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नाम भने सूचीमा नरहेको स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका नेताहरूमा तत्कालीन शान्ति मन्त्री रामचन्द्र पौडेल, तत्कालीन अर्थ मन्त्री रामशरण महत, तत्कालीन गृह मन्त्री कृष्णप्रसाद सिटौलाका नाममा समेत अख्तियारले पत्र काट्ने तयारी गरेको छ ।
एमालेका तर्फबाट शान्ति मन्त्री रकम चेम्जोङलाई पनि पत्र काट्ने अख्तियारको तयारी छ ।
आजको नागरिक दैनिकमा दुर्गा दुलालले यो समाचार लेखेका छन् । नागरिक दैनिकले पहिलो पृष्ठमा दुई कोलममा प्रकाशन गरेको यस समाचारले आज सबैको ध्यान आकृष्ट गरेको छ ।
आजको राजधानी दैनिकले पनि यही समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ तर ककसलाई तान्दैछ भन्ने बारेमा केही बताउन सकेको छैन ।
अख्तियारले आजै बुधबार पत्र काट्न सक्ने समाचारमा लेखिएको छ ।
उता, कान्तिपुर दैनिकका अनुसार भने प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कार्यालयको बैठकमा लोकमान सिंह कार्कीसँग आफ्नो कुराकानी भइसकेको खुलासा गर्दैै कसैलाई पनि पत्र नकाटिने दाबी गरेका छन् । कान्तिपुर दैनिकको टप एंकरमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री दाहालले कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउने बारेमा छलफल भइसकेको बताएका छन् । प्रमुख दुई पत्रिकामा प्रकाशित भएका फरक फरक समाचारको यथार्थ बाहिर आउन अझै केही दिन पर्खनुपर्ने हुनसक्छ ।
विद्यालयमा आततायी आतंक
मंगलबार उज्यालो नहुँदै काठमाडौं उपत्यकाका ११ वटा स्कुल अगाडि बम राखेर सर्वसाधारण, अभिभावक र विद्यार्थी त्रसित पार्ने काम भएको छ ।
यो समाचार मंगलबार बिहानैदेखि अनलाइन, टेलिभिजन र रेडियोमा दिनभर प्रकाशित र प्रसारण भए पनि आज बाह्रखरी समीक्षित सबै पत्रपत्रिकाले पनि त्यत्तिकै महत्वका साथ स्थान दिएका छन् ।
कान्तिपुर दैनिकले ७ कोलममा यो समाचार प्रकाशित गरेको छ । केपी ढुंगानाले लेखेको समाचारमा बम विस्फोटका योजनाकार माओवादी पूर्वबटालियन कमान्डर रहेको उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेकाे समाचार पनि त्रासमा चले राजधानीका स्कुल शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशित छ ।
नागरिक दैनिकले विद्यालयमा बम आतंक शीर्षकमा मुख्य बक्स समाचार प्रकाशित गरेको छ । मंगलबारको विस्फोटले भ्वाङ् परेको आकाशदीप माविको तस्बिर पनि आज पहिलो पृष्ठमा नागरिक दैनिकले प्रकाशित गरेको छ । गोरखापत्र दैनिकले पनि पहिलो पृष्ठमा उपत्यकाका निजी विद्यालयमा बम आतंक शीर्षकमा समाचार प्रकाशित गरेको छ । राजधानी दैनिकमा टपेन्द्र कार्कीले लेखेको समाचार पहिलो पृष्ठमा प्रकाशित छ । राजधानीमा त्यसपछि महत्वपूर्ण समाचार एंकरमा प्रकाशित गरेर एमाले बैठकको समाचारलाई अलि बढी महत्व दिइएको छ । यसले सम्पादकीय झुकाव झल्काउँछ । अन्नपूर्ण पोस्टमा सुवास गोतामेले बम राखिएपछि स्कुलहरू आतंकित भन्ने शीर्षकमा लेखेको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित छ । हिमालय टाइम्सले पनि विद्यालयमा बम अातंक शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
गगन थापाको स्वागतयोग्य काम
मुलुकभर बढ्दो मुटुरोगका बिरामीको चाप बाँसबाँरीस्थित सहिद गंगालाल हृदय केन्द्रलाई थेग्न हम्मे परेपछि सरकारले उक्त केन्द्रले दिने सेवा तत्काल उपत्यकाबाहिर विस्तार गर्ने र केन्द्रलाई दीर्घकालीन रूपमा प्रतिष्ठानको स्वरुप दिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री गगन थापाको अध्यक्षतामा केन्द्र सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको अाजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
सम्पादकीय
आज बाह्रखरी समीक्षित दैनिक पत्रिकामध्ये कान्तिपुर, नयाँ पत्रिका, हिमालय टाइम्स र राजधानी दैनिकले स्कुलमा राखिएको बमलाई निन्दनीय अपराध भन्दै विरोध जनाएका छन् ।
कान्तिपुर दैनिकले सम्पादकीयमार्फत भनेको छ – यस्तो कार्य कुनै हिसाबले पनि क्षम्य हुन सक्दैन । यो अवस्थामा घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्ने, विद्यार्थी तथा विद्यालयहरूलाई सुरक्षा सुनिश्चित गर्ने आफ्नो दायित्वलाई सरकारले राम्रोसँग निर्वाह गर्नुपर्छ ।
नयाँ पत्रिका दैनिकले राजनीति र अपराध छुट्ट्याउन भनेको छ । नयाँ पत्रिका दैनिकले सम्पादकीयमार्फत भनेको छ – माओवादीले गरेको दस वर्षे सशस्त्र विद्रोह समाप्त भएको १० वर्षपछि पनि नेपालमा त्यसका केही नकारात्मक प्रभाव देखा परेका छन् ।
राजनीति र अपराधकर्मबीच फरक छुट्याउन र अपराधीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको ध्यान जाओस् ।
राजधानी दैनिकले पनि यसलाई निन्दनीय कदम भनेको छ । गोरखापत्र दैनिकले सम्पादकीयमा पनि आफ्नो धर्म निर्वाह गरेको छ । नेपाल औषधि लिमिटेड पुनः ब्युँताइने खबरले जनउत्साह बढाएको भन्दै सम्पादकीय लेखेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालको यसपटकको भारत यात्रामा टीकापुर घटनाका अभियुक्तलाई भेट्नु आपत्तिजनक भन्दै सम्पादकीय लेखेको छ । - बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget