Websoft University

www.radiomakalu.com || 021-522512


सुन्दर देखिने युवतीहरुको नयाँ तरिका

सुन्दर देखिने युवतीहरुको नयाँ तरिका

कतिपय युवती यस्ता हुन्छन्, आँखामा गाजल र ओठमा कलर लिपबाम लगाएरै सुन्दरताको आनन्द लिन्छन् । कोही युवती अनुहारको छाला र शारीरिक फिटनेसका लागि खानपान र व्यायाममा दैनिक विभिन्न उपाय अपनाउने पनि गर्छन् । तर, कतिपय युवती भने सुन्दर देखिन अनेक ब्युटी आइटम पछ्याउँछन् । नेपालका युवतीहरू पनि सौन्दर्यको नयाँ ट्रेन्डमा छन् । ब्युटिसियन भावना राणाका अनुसार यस्ता छन् नयाँ ट्रेन्ड :

नेल
नेल (नङ) एक्स्टेन्सन पनि अहिलेको सौन्दर्य ट्रेन्डमै पर्छ । नङ बिग्रिएका, नङ नभएका तथा लामो बनाउने प्रकृतिको नङ नै नभएकालाई नेल एक्स्टेन्सन ट्रेन्ड फाइदाजनक देखिन्छ । तर, स्टाइलिस युवतीहरूले सधैँका लागि राम्रो नङ देखाउन एक्स्टेन्सन गर्ने गर्छन् । नेल एक्स्टेन्सन नेचुरल तरिकाले नै गरिन्छ । यो तीन तरिकाले गर्न मिल्छ । एकपटक गरेपछि सधैँका लागि हुन्छ भने एक्स्टेन्सन गरेको अरूलाई थाहै हुँदैन ।



आइब्रो
आइब्रो (आँखीभौँ) थ्रेडिङ गर्ने कुनै नयाँ ट्रेन्ड होइन । सबैजसो नेपाली युवतीले आँखीभौँ थ्रेडिङ गरेकै हुन्छन् । तर, अहिले आइब्रो कलरिङको ट्रेन्ड छ । कपाल या अनुहारको कलरअनुसार आइब्रो कलरिङ गरिन्छ । युवतीहरू स्टाइलिस देखिन यस्तो गर्छन् । मिलाएर आइब्रो कलरिङ गर्दा भद्दा भने देखिँदैन । आइब्रो वाक्सिङको पनि ट्रेन्ड छ । अनुहारअनुसार आँखीभौँको आकार मिलाउन वाक्स गरिन्छ ।

आइल्यास
आइल्यास (परेला) घुम्राउने ट्रेन्ड पुरानै हो । तर, अहिले युवतीहरूमा आइल्यास एक्स्टेन्सन (परेला तन्काउने) ट्रेन्ड छ । परेला कम भएका तथा बाक्लो बनाउन चाहनेका लागि थप परेला राखिन्छ । यो परेला साइजअनुसार पाइन्छ । यसरी थपिएको परेला तीन महिनासम्म टिक्छ । त्यसो त अहिले परेला घुमार्ने ट्रेन्ड पनि नयाँ चलेको छ । परेला पर्म गरेर घुमार्ने गरिन्छ । परेला कलरिङको ट्रेन्ड पनि छ । परेला कलरिङ गरेपछि मस्कारा लगाउनु पर्दैन । यो पनि लामो समयसम्म टिक्छ । हल्का खैरो खालको परेला भएकालाई कलरिङ विशेष महत्वपूर्ण हुन्छ । कलरिङ गरेर परेलालाई डार्क ब्राउन बनाइन्छ ।

फिंगर
गोडा र हातका रौँ हटाउन वाक्स गर्ने तथा उखाल्ने ट्रेन्ड पुरानै हो । यो अहिले पनि चलिरहेकै छ । तर, हात र गोडाका औँला (फिंगर)मा रौँ पलाएको हटाउने ट्रेन्ड पनि चलेको छ भन्दा धेरैलाई नौलो लाग्न सक्छ । सबैका औँलामा हल्का रौँ पलाएकै हुन्छ । तर, औँलामा पलाएका यस्ता मसिना रौँमाथि खासै कसैलाई ध्यान हुँदैन । तर, सुन्दर देखिन युवतीहरूले यस्ता रौँ पनि हटाउने ट्रेन्ड छ । वाक्स गरेर औँलाका रौँ फाल्न सकिन्छ । रौँ फाल्नाले हात र पैतालाको सौन्दर्यमा निखार आउँछ भने खुबै सफा पनि देखिन्छ ।

हेयर
हेयर (कपाल) एक्स्टेन्सन गर्ने ट्रेन्ड पनि युवतीहरूमा खुबै छ । लामो र बाक्लो कपाल बनाएर सुन्दर देखिन चाहनेहरू हेयर एक्स्टेन्सन गर्छन् । पातलो र छोटो कपाल भएकाहरूलाई यो बढी उपयोगी हुन्छ । टाउकोमा भएका रौँमा थप रौँ जोडेर मिलाइन्छ । त्यसो त कपालको हकमा विग गर्ने ट्रेन्ड पनि छ । विग आफ्नो हेयर स्टाइलअनुसार प्रयोग गर्न सकिन्छ ।

नयाँ पत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget