Websoft University

www.radiomakalu.com || 021-522512


प्रदेशको निर्वाचनपछि प्रदेशको नामाकरण गर्न सकिन्छ– नेता नेम्बाङ


रुङ्गा (झापा), असोज ५ गते । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधानमा खोट लगाउने ठाउँ नभएको बताउनुभएको छ ।

आज झापाको दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व सभामुख समेत रहनुभएका उहाँले संविधानसभाबाट प्राप्त नेपालको संविधानमा खोट लगाउने ठाउँ छैन भन्नुभयो ।

संविधान समझदारीको साझा दस्तावेज भएको बताउँदै उहाँले सबैले भनेजस्तो र चाहेजस्तो संविधान नभए पनि त्यसलाई परिमार्जित गर्दै लान सकिन्छ भन्नुभयो ।

नेता नेम्बाङले नेपालको संविधानलाई विश्वले उत्कृष्ट मानेको र महिलालाई राष्ट्रपति, सभामुख, प्रमुख न्यायाधीशसम्म बनाउन सक्ने मार्गनिर्देश गरेको उहाँको भनाइ थियो । नयाँ संविधान आदिवासी, जनजाति, महिलामैत्री भएको समेत उहाँले दाबी गर्नुभयो ।

एक फरक प्रसङ्गमा उहाँले प्रदेशको निर्वाचनपछि प्रदेशको नामाकरण गर्न सकिने भन्दै असन्तुष्ट दललाई संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget