Websoft University

www.radiomakalu.com || 021-522512


शिक्षा मन्त्रालयका सहसचिवहरुको सरुवा र हेरफेर



काठमाडौं, भदौ २४ गते । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालय अन्तर्गतका महत्वपूर्ण बिभागमा कर्मचारी सरुवा र हेरफेर गरेका छन् । मन्त्रिस्तरीय निर्णयबाट सहसचिव बाबुराम पौडेललाई शिक्षा बिभागको महानिर्देशकमा सरुवा गरिएको छ ।


बाबुराम पौडेल

शिक्षा बिभाग शिक्षा मन्त्रालय अन्तर्गतको सबैभन्दा महत्वपूर्ण निकाय मानिन्छ । त्यस्तै नवगठित राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा सहसचिव सूर्यप्रसाद गौतम सरुवा भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद र परीक्षा नियन्त्रण कार्यालय खारेज भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन भएको हो । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षासम्मको परीक्षा सञ्चालन गर्नेछ ।

शिक्षा बिभागका महानिर्देशक खगराज बराल र परीक्षण बोर्डका सदस्य सचिव लवदेव अवस्थी सचिवमा बढुवा भएपछि ती दुई महत्वपूर्ण निकाय खाली थिए ।

त्यस्तै सहसचिव बैठकुण्ठ अर्याल मन्त्रालयमा सरुवा भएका छन् भने देवकुमारी गुरागाईंलाई शैक्षिक जनशक्ति विकास केन्द्रमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा बिभागमा अणप्रसाद न्यौपाने समेत सरुवा भएका छन् । उनी पनि सहचिव हुन् र निर्देशकका रुपमा रहने छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget