Websoft University

www.radiomakalu.com || 021-522512


रियल र एथ्लेटिको मड्रिडमाथि फिफाको प्रतिवन्ध, दुई सिजन खेलाडी किन्न नपाउने


Real Madrid and Atletico
काठमाडौं, भदौ २४ गते । स्पेनिस दुई ठूला क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडमाथि खेलाडी अनुवन्ध गर्न प्रतिवन्ध लागेको छ ।

फिफाले दुई क्लबमाथि अबको दुई सिजन खेलाडी किन्न नपाउने गरी प्रतिवन्ध लगाएको हो । २०१८ को जनवरीसम्म यो कायम रहनेछ । तर, दुबै क्लबसामू खेलसक्वन्धी अदालत जाने मौका छ ।

यसअघि अर्को स्पेनिस क्लब बार्सिलोनामाथि पनि फिफाले यस्तै प्रतिवन्ध लगाएको थियो ।

स्पेनिस क्लबहरुले विदेशमा जन्मिएका १८ वर्ष मुनीका खेलाडीहरुलाई अनुवन्ध गर्ने क्रममा नियम तोडेको फिफाको आरोप छ । फिफाको अनुशासन समिति दुबै क्लबमाथि जनवरीमै प्रतिवन्धको निर्णय गरेको थियो तर, अपिल कमिटीले तत्काल लागू गर्न रोक्यो ।

हालै ट्रान्सफर सिजन सकिए लगतै फिफाको अपील कमिटीले अनुशासन समितिको निर्णय सदर गरेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget