Websoft University

www.radiomakalu.com || 021-522512


औद्योगिकीकरणबाट आर्थिक समृद्धि हुनेमा जोड



काठमाडौँ, भदौ १७ गते । व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा बोल्ने सांसदहरुले आद्योगिकीकरणबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभएको छ ।

उद्योग मन्त्रालयको कामकारबाहीका सम्बन्धमा आज भएको समितिको बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले औद्योगिक विकासका सम्बन्धमा यसअघिका कामलाई निरन्तरता दिने बताउनुभयो ।

समिति र मन्त्रालयबीच नमुना सम्बन्ध स्थापित गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले रुग्ण उद्योगका बारेमा शीघ्र स्थलगत अध्ययन गरी उचित निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग ऐनसँग बाँझिने कानुनका सम्बन्धमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री जोशीको धारणा थियो ।

पूर्व उद्योग मन्त्रीसमेत रहनुभएका समिति सदस्य सोमप्रसाद पाण्डेले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन औद्योगिकिकरण एकमात्र विकल्प भएको बताउँदै मुलुकका विभिन्न भागमा रहेका बहुमूल्य खनिज उत्खनन् गरी उपयोग गर्न मन्त्रालयको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

पूर्वमन्त्री तथा सांसद डा नारायण खड्काले विश्वका अधिकांश मुलुकले औद्योगिकीकरणबाटै समृद्धि हासिल गरेको दृष्टान्त पेस गर्दै नेपालले आफू अनुकूल र मौलिक विशेषता भएका उद्योगको विकासमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सांसद छायाँ शर्मा पन्तले महिला उद्यामीका लागि तालिम मात्र पर्याप्त नभएको भन्दै उद्यमी बनाउन थप कार्यक्रम ल्याउनपर्ने बताउँदै यससम्बन्धी मन्त्रालयका कतिपय कार्यक्रममा दोहोरोपन देखिएको ध्यानाकर्षण गराउनुभयो ।

समिति सभापति भीष्मराज आङ्देम्बेले उद्योगको विकासका लागि मन्त्रालयले गर्ने हरेक कामकारबाहीमा समितिको सदैव सहयोग रहने बताउँदै उद्योग ऐनसँग बाँझिएका अन्य ऐन नियम संशोधनका लागि पहल गर्ने आश्वासन दिलाउनुभयो ।

उद्योग सचिव शङ्करप्रसाद कोइरालाले लगानीमैत्री वातावरण बनाएर औद्यौगिकीकरणमार्फत मुलुक समृद्धि बनाउने अभियानमा मन्त्रालयले लागेको बताउँदै परिवर्तन र सुशासनको अनुभूति गराउने गरी काम गर्ने बताउनुभयो ।

बैठकमा सांसदहरु राज्यलक्ष्मी श्रेष्ठ, नागेन्द्रप्रसाद थारु, रामवीर मानन्धर, आदित्यनारायण कसौधन, रमेशकुमार लामा, शम्भुलाल श्रेष्ठ, सुवर्ण ज्वारचनलगातले मुलुकको आर्थिक विकासका लागि उद्योगमैत्री वातावरण अपरिहार्य रहेकामा जोड दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget