Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुँदैन – अध्यक्ष यादव



विराटनगर, भदौ १६ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राख्नु भएको छ ।

सो पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा आज आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गर्नुभयो ।

उहाँले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक हो भन्नु भयो । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उहाँले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नुहुँदैन । उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।” रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget