Websoft University

www.radiomakalu.com || 021-522512


जिल्ला बिकासको माग गर्दै रोल्पाली राजधानीमा


Rolpali-PM-sanga


काठमाडौं, भदौ २७ गते । रोल्पा राजनीतिक दलका प्रतिनिधि, उद्योगी, बुद्धिजीवि र पत्रकारसहितको प्रतिनिधिमण्डलले उच्च पदस्थ राजनीतिज्ञहरुसँग भेटेर जिल्लाको बिकासका लागि १८ बुँदै मागपत्र पेश गरेका छन् ।

परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको रोल्पाली जनताको तीव्र विकासको आकांक्षा पूरा गर्न जिल्लाको सर्वदलीय सर्वपक्षीय प्रतिनिधिमण्डल अहिले राजधानीमा रहेर सिंहदरबार, शितल निवास र बहादुर भवन पनि धाइरहेका छन् ।

‘प्रधानमन्त्रीज्यू, एउटा कुरा छ । क्याम्पस बनाउन महायज्ञ लगाउनु पर्‍यो भन्छन् साथीहरु । क्याम्पस चलाउन महायज्ञ लगाउने की तपाईं कहाँ आइपुग्ने भन्ने कुरा भयो, तपाईं कहाँ आइपुगियो,’ ११ पटक मन्त्री भएका ८० वर्ष पुग्नै लागेका रोल्पाका बालाराम घर्तीमगरले आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अपेक्षापूर्ण भनाई राखे ।

जवाफमा प्रधानमन्त्रीले परिवर्तनकारी आन्दोलनमा रोल्पालीको भूमिकाको सराहना गर्दै रोल्पाको बिकासका लागि सहयोग गर्ने आश्वासन दिए । प्रधानमन्त्री प्रचण्डले पुरक बजेट ल्याउँदा मागहरु सम्बोधन गर्ने बताए । ‘धेरै जसो माग पूरा गर्न सम्भव छ, पुरक बजेटको तयारी गरिरहेका छौँ, त्यसमा समेट्छौँ,’ उनले भने ।

आइतबार प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, रक्षामन्त्री बालकृष्ण खाँड, पर्यटनमन्त्री जीवनबहादुर शाहीसँग भेटेर आफ्ना माग प्रस्तुत गरेको रोल्पाली प्रतिनिधि मण्डलले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग भेटेका छन् ।

के छन् रोल्पालीका माग ?

रोल्पाली प्रतिनिधि मण्डलको पहिलो माग छ सडक । ‘सडक स्तरउन्नती र नयाँ ट्रयाक खोल्ने पहिलो प्राथमिकता हो,’ प्रतिनिधि मण्डलको समन्वय गरिरहेका स्थानीय विकास अधिकारी सशील बैद्य भन्छन् । मोटेरेबल पुल, विमानस्थल, जलविद्युत उत्पादन, शिक्षक दरबन्दी पूर्ति, क्याम्पसलाई आंगिक बनाउनुपर्ने, खानेपानी, सिंचाई, सहकारीको क्षेत्रमा रोल्पालीले करीव १ अर्व ७५ करोड माग गरेका छन् ।



उपराष्ट्रपति पासाङले रोल्पाको सम्पूर्ण विकास निर्माणमा आफ्नो साथ हुने र आफ्नो क्षेत्रबाट पहल गर्ने बताए । रोल्पाका विकासमा पछि परेको भए पनि पछिल्लो चरणमा विकास निर्माणको कामहरु अगाडि बढिरहेको उल्लेख गरे । ‘हामीले सोंचेको जस्तो विकास हुन नसकेको सत्य हो, तर केही पनि नभएको पनि होइन, केही न केही विकास त भइनै रहेको छ’, उनले भने, ‘तर यतिले पुग्दैन, तीव्र विकास चाहिन्छ, विकासका लागि सबै राजनीतिक दल, संघ संस्था, सरकारी निकाय एकताबद्ध भएर लाग्नुपर्छ ।’

बजेटको समस्या हुन्न, कार्यान्वयनका लागि तयार हुनुहोस्ः अर्थमन्त्री

चीनबाट र्फकनासाथ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाली प्रतिनिधि मण्डलसँग भलाकुसारी गरे । माग सुने । उनले बजेटको समस्या नहुने बताए । तर कार्यान्वयनका लागि एकढिक्का हुन अनुरोध गर्दै चुनौती पनि दिए, ‘रोल्पाको विकासमा सबै पार्टी संघ संस्था एक ठाउँमा हुने ग्यारेन्टी चाहियो ।’ महरा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित सांसदसमेत हुन् ।

अर्थमन्त्री महराले थपे, ‘राजनीति आ-आफ्नो ठाउँमा गर्नुस् । तर विकासमा एक ढिक्का हुनुहोस् । सम्बन्धित मन्त्रालयमा पनि माग पठाउनुहोस्, म रोल्पाको हुँ, रोल्पाको लागि केहीं गर्नुपर्छ भन्ने त मलाई पनि लागिरहेकै छ । बजेट दिनमा कुनै कन्ज्युसाई हुने छैन ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget