Websoft University

www.radiomakalu.com || 021-522512


शान्तिमन्त्री यादव सम्मानित



काठमाडौँ, भदौ २५ गते । सिद्धान्त र निष्ठाको राजनीति मूल्य मान्यताबाट देश विकासमा महत्वपूर्ण योगदान पु¥याएबापत शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई सम्मान गरिएको छ ।

मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘असल पुस्ता निर्माणमा हाम्रो अभियान’ कार्यक्रममा मन्त्री यादवलाई सम्मान गरिएको हो ।

नारी शिक्षामा मुलुकमै उदाहरणीय भूमिका खेल्दै आएको उक्त कलेजमा हाल मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तहसम्म पठाई हुँदै आएको छ ।

सर्वसुलभ शुल्कमा उच्चस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो कलेजमा हाल ४१८ जना छात्रा अध्ययनरत छन् । कलेजले खासगरी छात्रालाई पत्रकारिता र अङ्ग्रेजी विषयको पठाइमा जोड दिँदै आएको छ ।

आश्वासन होइन, कामै गरेर देखाउछु

समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले द्वन्द्वपीडितको व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माणलाई आफूले आश्वासनमा मात्र सीमित नतुल्याएर कामै गरेर देखाउने अठोट व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “द्वन्द्वपीडितको व्यवस्थापन र पुनःनिर्माण १० वर्ष अघिदेखि सुरु गरिएपनि व्यवस्थित ढङ्गबाट हुन सकेको छैन, अझैपनि अस्तव्यस्त रुपमै रहेको छ, भूकम्पपीडितको पनि त्यस्तै हालत छ ।”

पूर्वमन्त्री निलाम्बर आचार्यले मोर्डन कन्या कलेजले नारीलाई उच्चस्तरको सुलभ शिक्षा प्रदान गरेर शिक्षा क्षेत्रमा आफूलाई विशिष्ट श्रेणीमा स्थापित गराउन सफल भएको भनी कलेजको प्रशंशा गर्नुभयो ।

सांसद नारायण कार्कीले सांस्कृतिक र भौगोलिक विविधतायुक्त हाम्रो देशलाई राम्रो बनाउन राजनीतिसँगै अन्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतिको अन्त्य हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

शिक्षाविद् विद्यानाथ कोइरालाले मुलुकलाई समृद्धिमा लैजान समाजका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका पक्षले आशा जनाउने काम गर्न आवश्यक रहेको बताउँदै नारी शिक्षामा राज्यले अझै बढी ध्यान पु¥याउन आवश्यक छ भन्नुभयो ।

पण्डित नारायण काफ्लेले संसारलाई परिवर्तन गर्छु भन्नेले पहिले आफै परिवर्तन हुन आवश्यक भए पनि राजनीतिक नेतृत्वमा सत्तापरिवर्तन गर्ने सोच देखिएपनि आफूलाई सुधार्ने पक्षमा पटक्कै ध्यान नपुगेको टिप्पणी गर्नुभयो ।

कलेजका अध्यक्ष एवम् प्राध्यापक रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले नारी शिक्षामा बेग्लै पहिचान स्थापित गर्न कलेजले गर्दै आएको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा मन्त्री यादवले कलेजको वार्षिक प्रकाशन ‘अनामिका’ र प्राचार्य पोखरेलको कविता ‘नमेटिने सङ्कल्पहरु’को लोकापर्ण गर्नुभयो । सो अवसरमा कलेजका अध्यक्ष दाहाल, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र कलेज प्रशासन प्रमुख केशव दाहालले आफ्ना हजुरआमा वेदमाया दाहालको स्मृतिमा राखिएको रु दुई लाखको छात्रवृत्तिको रकम त्यहाँ अध्ययनरत जेहन्दार छात्राहरुलाई प्रदान गरियो ।

त्यस्तै वर्षभरीमा कलेजमा एक दिनपनि बिदा नलिई अध्यापन गराउने प्राध्यापक र अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्रालाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget