Websoft University

www.radiomakalu.com || 021-522512


हिलारी क्लिन्टन न्युमोनियाबाट ग्रसित, चुनाव प्रचार प्रभावित



अमेरिकाको राष्ट्रपति चुनावमा डेमोक्रेटिक तर्फबाट उम्मेदवार बनेकी ६८ वर्षीया हिलारी क्लिन्टन न्युमोनियाबाट ग्रसित भएकी छिन् । उनलाई हाल चिकित्सकहरुको निगरानीमा एन्टीबायोटिक्स औषधि दिएर राखिएको छ ।

आइतबार विहान न्युयोर्कस्थित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनको शरीर तात्नुका साथै पानीको कमी भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि हिलारी करिब डेढ घण्टामै कार्यक्रम स्थलबाट बाहिरिएकी थिइन् र उनले आफ्नी छोरीको अर्पाटमेन्टमा करिब ४५ मिनेट विताएकी थिइन् ।

क्लिन्टनको उपचारमा संलग्न फिजिसियन डा. लिसा वारडाकले हिलारी क्लिन्टनलाई न्युमोनिया भएको र एन्टीबायोटिक पश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी दिएकी छिन् ।

हिलारी क्लिन्टन विरामी भएपश्चात्त उनको न्युयोर्कमा जारी चुनावी प्रचार प्रसारमा समेत प्रभाव परेको छ । उनका पूर्वघोषित कार्यक्रमहरु केही समयका लागि रद्द गरिएको छ ।

हिलारी विरामी भएलगत्तै उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले उनको स्वास्थ्यप्रति प्रश्न उठाएका छन् । हिरालीको स्वास्थ्य स्थिति कमजोर रहेको बताउँदै उनले सही तरीकाले काम गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् ।-एजेन्सीको सहयोगमा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget