Websoft University

www.radiomakalu.com || 021-522512


शून्य समयमा सांसदबाट सरकारको ध्यानाकर्षण



काठमाडौँ, भदौ २० गते । व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले राजविराज विमानस्थल निर्माण प्रक्रियाले गति लिन नसकेको, खोटाङ जोड्ने जयरामघाटको पुल लामो समयसम्म बन्न नसकेको र ठेकेदार कम्पनीले ध्यान नदिएको गुनासो गर्नुभयो ।

सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सार्वजनिक गरेपनि प्रभावकारी रुपमा काम हुन नसकेको र काठमाडौँ उपत्यकामा चर्को खानेपानी सङ्कट उत्पन्न भए पनि त्यसलाई समाधान गर्ने कुनै पहल नभएकामा सांसदहरुको आपत्ति थियो ।

शून्य समयमा सफलदेव सुतियार, सीता गिरी ओली, सीता नेपाली, सूर्यप्रकाश बाला राई, सञ्जयकुमार गौतमलगायतले धारणा राख्नुभएको थियो ।
सांसदहरुबीच नै सवाल जवाफ

शून्य समयमा कैलालीको घटनामा जघन्य अपराध गर्नेलाई कारबाही गर्नुपर्ने माग सांसद हर्कबोल राईले राख्नुभएपछि अर्का सांसद योगेन्द्र चौधरीले त्यसमाथि नियमापत्ति जनाउनुभयो ।

सांसद चौधरीले अपराधी कसलाई भन्न खोज्नुभएको भन्दै नियमापत्ति जनाउनुभएपछि सभामुख ओनसरी घर्तीले उक्त विषयप्रति सदनको ध्यानाकर्षण भएको बताउनुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget