Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकाको मलमा गोलीबारी गर्ने युवक पक्राउ

_91371410_ctk5z_rvuaawprb

वासिङ्टन – अमेरिकाको वासिङ्टनस्थित सपिङ मलमा अन्धाधुन्द गोली प्रहार गरी ५ जनाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० वर्षीय अरकान सेटिन रहेका छन् । उनी वासिङ्टनकै ओक हारबरका वासिन्दा हुन् ।

यो ठाउँ शुक्रबार घटना भएको बर्लिङटनबाट दक्षिण–पश्चिममा रहेको छ । कास्केड मलमा रहेको मेकिज डिपार्टमेन्टल स्टोरमा भएको गोलीकाण्डमा ५ जनाले ज्यान गुमाएका थिए ।


एफबिआईले घटनामा ‘आतंकवाद’ को सम्बन्ध नरहेको बताएको छ ।

घटनालगत्तै वासिङटन प्रहरीले आक्रमणकारीको तस्विर ट्वीटरमार्फत रिलिज गरेको थियो ।

अरकानलाई कसरी पक्राउ गरिएको भन्ने बारे अझै खुलाइएको छैन । र, उनले किन यो घटना घटाएको हो भन्ने पनि खुलाइएको छैन ।

मारिनेमा तीन जना महिला र एक १६ वर्षीया युवती रहेकी छिन् । एक अन्य व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।-रातोपाटी


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget