Websoft University

www.radiomakalu.com || 021-522512


शान्ति प्रक्रियासँग बाँकी विषयले तत्काल पूर्णता पाउनेमा बान विश्वस्त



न्युयोर्क, असोज ८ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकामा खुसी व्यक्त गर्दै शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्र सङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समद्धिका दिशामा अगाडि बढोस् भन्ने आफ्नो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाइदिन समेत आग्रह गर्नुभएको थियो । त्यस अवसरमा सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले गर्न सक्ने काम तथा कारबाहीका बारेमा समेत उहाँले चासो राख्दै सफलताको शुभकामना दिनुभएको थियो ।

राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटमा महासचिव मुनले संविधान कार्यान्वयनका अवस्थाका बारेमा राखेको जिज्ञासामा परराष्ट्रमन्त्री डा महतले सबै दलको सहमतिमा संविधान कार्यान्वयन प्रक्रियाले गति लिएको र शान्ति सम्झौताका हस्ताक्षरकर्ता नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)लगायत दल मिलेर संयुक्त सरकार गठन गरिएको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget