Websoft University

www.radiomakalu.com || 021-522512


हराएको सीमा स्तम्भ भेटियो




सप्तरी, भदौ २४ गते । नेपाल–भारत सीमासँग जोडिएको सप्तरीको तिलाठीमा लामो समयदेखि हराइरहेको सीमा स्तम्भ (पिलर) बिहीबार फेला परेको छ ।

सप्तरीको तिलाठी गाविसस्थित दशगाजा क्षेत्रमा रहेको २२३ नंको मुख्य स्तम्भ (पिलर) भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

केही दिन अगाडि खाँडोखोलामा आएको बाढीसँगै बालुवाले पुरिएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ । सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठका अनुसार बाढी र हिलो बालुवाले पुरिएपछि स्तम्भ नदेखिएपछि विशेषरुपमा त्यसको खोजी भएको थियो ।

करिब एक महिना अगाडि सप्तरीको तिलाठीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा सीमा क्षेत्रका भारतीय र नेपालीबीच विवाद भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget